एभरेष्ट बैंककाे २० प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले अधिकृत पूँजी रु. १००० करोडबाट बृद्धि गरि रु. १५०० करोड गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

बैंकले ७ प्रतिशत कन्भर्टिबल प्रिफरेन्स सेयर अन्तिम पटक साधरण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । बैंकको साधारणसभाले आब २०७९/८० को लागि श्री एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया