शिखर पावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सेयर निष्काशन बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा शिखर पावर डेभलपमेन्टका तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न लागेको हो । कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ ।

संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको कम्पनीमा १० जना संस्थापक सेयरधनीबाट २३ करोड १६ लाख २ हजार रूपैयाँ बराबरको सेयरपुँजी चुक्ता भइसकेको छ । कम्पनीले बागलुङ जिल्लाको बडिगाड गाउँपालिकास्थित ‘भिमखोला साना जलविद्युत् आयोजना ९४ दशमलव ९६ मेवा आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया