समन्वयात्मक कुटनीतिमा अन्तनिर्हित आर्थिक विकास

प्रदीप उप्रेती

सुधारउन्मुख अर्थतन्त्रको विकासको लागि निश्चित रुपमा भू–जडित रणनीतिलाई आत्मसाथ गर्दै सामिप्यमा रहेका बाहह्य मुलुकहरुसँग मित्रवत ब्यवहारको कुटनीतिक सम्बन्ध विकास गर्नु वाहेक अर्को कुनै विकल्प भूपरिवेष्ठित राज्यसँग रहेको पाईदैन । जसका लागि कुनै एक पक्षलाई रिझाउने तथा अर्को पक्षलाई चिढ्याउने बैदेशिक रणनीतिलाई आत्मसाथ गर्ने हो भने, सोको नतिजा निश्चित रुपमा प्रत्योत्पादक सावित हुने देखिन्छ । यहि त्यो कारक तत्व हो जसका कारण नेपालले समन्वयात्मक कुटनीतिको रणनीतिलाई आफ्नो परराष्ट्र नीतिको मूलधर्मिता मान्दै सोहि आधारमा मैत्रिपूर्ण दौत्य सम्बन्ध स्थापित गर्दै आएको छ ।

विशेषत : भूपरिवेष्ठित मुलुकको विकट भौगोलिक बनोट नै केहिहदसम्म आर्थिक विकास–नागरिक समृद्धिको बाधक तत्व विशेषको रुपमा रहदै आएको पाईन्छ । प्रस्तुत गहन तथ्यलाई अध्ययन गर्दा, दुई विशाल गणराज्य भारत तथा चीनको विचमा अवस्थित संघिय गणतान्त्रिक राज्यब्यवस्था नेपालले आफ्नो आर्थिक विकास तथा समृद्धिको लागि तुलनात्मक रुपमा विश्वका अन्य मुलुक भन्दा सम्बद्ध दुई राष्ट्रमा नै अन्तर्निहित रहनु परेको तथ्यलाई अन्यथा लिन मिल्दैन ।

मूल रुपमा यी राष्ट्रहरुको साझा समस्या भनेकै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान वनाउन तथा आन्तरिक–बाह्य सुरक्षाका खातिर नजिकका मित्रराष्ट्र लगायत अन्तराष्ट्रिय जगतसंग कुटनीतिक सम्बन्ध विस्तार गर्नु हो । प्रस्तुत क्रममा भूपरिवेष्ठित मुलुकलाई भू–जडित मुलुकको रुपमा रुपान्तरण गर्न अन्तराष्ट्रिय बाह्य सहयोगको निर्णायक भूमिका रहन्छ । जसका लागि समन्वयात्मक बैदेशिक कुटनीतिक रणनीति एक अचुक उपाय सावित हुने देखिन्छ ।

सुधारउन्मुख अर्थतन्त्रको विकासको लागि निश्चित रुपमा भू–जडित रणनीतिलाई आत्मसाथ गर्दै सामिप्यमा रहेका बाहह्य मुलुकहरुसँग मित्रवत ब्यवहारको कुटनीतिक सम्बन्ध विकास गर्नु वाहेक अर्को कुनै विकल्प भूपरिवेष्ठित राज्यसँग रहेको पाईदैन । जसका लागि कुनै एक पक्षलाई रिझाउने तथा अर्को पक्षलाई चिढ्याउने बैदेशिक रणनीतिलाई आत्मसाथ गर्ने हो भने, सोको नतिजा निश्चित रुपमा प्रत्योत्पादक सावित हुने देखिन्छ । यहि त्यो कारक तत्व हो जसका कारण नेपालले समन्वयात्मक कुटनीतिको रणनीतिलाई आफ्नो परराष्ट्र नीतिको मूलधर्मिता मान्दै सोहि आधारमा मैत्रिपूर्ण दौत्य सम्बन्ध स्थापित गर्दै आएको छ ।

वैदेशिक कुटनीतिको अलावा राजनीतिक हिसावमा हेर्ने हो भने पनि भारत–चीनको राजनीतिक विशेषता नेपालको भन्दा पृथक रहेको छ । नेपालका अतिरिक्त विश्वको कुनै पनि मुलुकको आर्थिक विकास तथा समृद्धिको मार्गचित्र कोर्ने सन्दर्भमा सम्बद्ध मुलुकको अतिरिक्त अन्तर्राष्ट्रिय राजनीतिक परिवेशले पनि केहिहदसम्म तात्विक असर पार्ने देखिन्छ ।

प्रस्तुत प्रवृतिका भिन्न राजनीतिक दृष्टिकोणका कारण नेपालको बैदेशिक आर्थिक विकासको क्षेत्रमा पनि फरकपनको महशुश हुदै आएको छ । किनकि यी दुई मित्रराष्ट्रहरु मध्ये जनवादी गणतन्त्र चीन सरकारले आफ्नो मुलुकको शासकीय स्वरुपमा कम्यूनिष्ट राजनीतिको सैद्धान्तिक धरातलमा आधारित आर्थिक विकासलाई आत्मसाथ गर्दै आज एक्काइसौ शताब्दिको ब्यावसायिक यात्रामा विश्वका उम्दा मुलुकको कोटीमा आफ्नो मुलुकलाई उभ्याउन सफल रहदै आएको पाईन्छ ।

एवंम प्रकारले तीनतर्फ भू–संसर्गले आवद्ध रहेको मित्रराष्ट्र भारत तथा भारतीय जनताले लोकतान्त्रिक शासकीय प्रणालीको साथै मिश्रित अर्थतन्त्रलाई अख्तियार गर्दै गरेको आर्थिक सम्मुन्नतीको प्रगतिलाई कुनै पनि हालतमा न्यून मूंल्याकन गर्न अवश्य पनि मिल्दैन । तसर्थ यी दुबै मित्रराष्ट्रहरुको आर्थिक सम्मुन्नतीबाट पाठ सिक्दै नेपालले पनि नागरिक समृद्धि र आर्थिक विकासको माध्यमबाट मध्यमस्तरको राष्ट्रको कोटीमा उभ्याउनु चुनौती विचको आवश्यकता हो भन्दा फरक नपर्ला ।

यद्यपि भारतसंगको भौगोलिक सामिप्यताको वावजुद् पनि मित्रराष्ट्र चीनसंगको बैदेशिक समन्वयात्मक कुटनीतिक रणनीतिमा कुनै पनि प्रकारको तात्विक विभेदको अनुभूती नेपाल सरकार तथा नेपाली जनताले गरेको छैन भन्दा फरक नपर्ला । किनभने नेपालले जहिले पनि वैदेशिक समन्वयात्मक रणनीतिलाई नै आफ्नो परराष्ट्र नीतिको मुलमन्त्र मान्दै असंलग्न एवं पञ्चशिलको सिद्धान्त आधारित रहेर बाह्य मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं नागरिक स्वतन्त्रता प्रति मुलुक भित्रबाट कुनै प्रकारको हस्तक्षेपउन्मुख कार्यलाई सदैव ब्यवहारत तिरस्कार गर्दै आएको छ ।

यस प्रकारको कार्यको विकासले यी दुबै मुलुकको अतिरिक्त अन्तराष्ट्रिय सम्बन्ध विस्तारको क्षेत्रमा नयाँँ आयाम थप्ने विश्वास लिन सकिनेछ । तथ्यगत आधारमा समन्वयात्मक वैदेशिक कुटनीतिक रणनीति तथा आर्थिक विकासको कुरा गर्दा भारतीय पक्षबाट प्राप्तहुने सहयोगले मात्रै नेपालको समग्र आर्थिक विकास गर्न कठिनाई उत्पन्न हुने कुरालाई ह्दयङगम गर्दै सामिप्यमा रहेको अर्को मित्रराष्ट्र चीन सरकारसंगको सहयोगको आदान प्रदानलाई उच्चकोटीबाट मूंल्याकन गर्ने प्रयास गरिएको हो ।

तद्नुरुपको बैदेशिक तथा आर्थिक सहयोगको गॉठोलाई थप मजबुत बनाउने सुउद्देश्य अनुरुप सन् १९५५ मा चीनसरकार सँग नेपालको मैत्रिपूर्ण दौत्य सम्बन्ध स्थापित रहन पुग्यो । तत्पश्चात आर्थिक विकासका खातिर उत्तरी नाकासम्म पुग्न कोदारी राजमार्गको निमार्णले नेपाल–चीन सम्बन्धको विकासमा निर्णायक भूमिका निर्वाह गर्दै आएको महशुश गर्न सकिन्छ ।

यसका अतिरिक्त अन्य बाह्य मुलुकसँग पनि नेपालको आर्थिक तथा नागरिक स्तरको सम्बन्ध विस्तार रहदै आएको छ भन्न सकिन्छ । जसको महत्वपूर्ण उपलब्धि भनेकै कायमी एकल बैदेशिक परनिर्भरताको क्षेत्रमा आमूल परिवर्तनको अनुभूती गर्दै अन्तर्राष्ट्रिय सहयोगको आदान–प्रदानलाई मुलक भित्र्याउन सक्ने वातावरण तयार गर्नु हो । प्रस्तुत गतिविधीको विकासले द्धिपक्षिय एवं त्रिपक्षिय सहयोगको अभिबृद्धि गर्ने दिशामा कोशढुंगा सावित हुने देखिन्छ । यसै परिपेक्षमा सन् १९७२ मा संयूक्त राष्ट्र संघको सदस्यता प्राप्त गरे पश्चात नेपालले अझ सशक्त रुपमा भारत–चीन बाहेक विश्वका अन्य मुलुकसंग कुटनीतिक तथा ब्यापारिक सम्बन्ध विस्तार गर्दै आर्थिक सम्मुन्नतीको गन्तब्यमा अग्रगामी छर्लाङ मार्न सक्षम रहेको पाइयो । जुन निश्चित रुपमा समन्वयात्मक वैदेशिक कुटनीतिको प्रभाव स्वरुप प्राप्त हुन आएको अब्बल नतिजा हो ।

यस प्रकारको विदेश नीतिलाई आत्मसाथ गर्दा नेपाल गणराज्यको स्वाधिनता तथा सार्वभौमिकता माथि कुनै पनि पक्षको अस्वाभाविक ब्यवहारको परिकल्पना गर्न सकिदैन । जसका कारण स्वतन्त्र रुपले नागरिक सम्प्रभूताको उपभोग गर्न कुनै प्रकारको कठिनाई उत्पन्न हुने छैन । समुल रुपमा आर्थिक लाभ र सहयोगको अभिवृद्धिले नागरिक समृद्धि तथा आर्थिक प्रगतीको मार्ग प्रशस्त हुने देखिन्छ । अर्बौ अरबको ब्यापारको सम्भावना वोकेको क्षेत्र भनेको नेपाल भारत तथा चीन नै हो भन्ने कुरामा कुनै प्रकारको आशंका रहदैन । अत्यधिक जनघनत्वको कारण ब्यापार प्रविधी तथा विकासलाई यस क्षेत्रमा समायोजन गरिनु पर्ने हुन्छ ।

किनकी न्यून उत्पादनलाई पनि बजारीकरणको माध्यमबाट अभिवृद्धि गर्ने हो भने मुनाफा अत्यधिक रहन्छ भन्ने ब्यवसायिक सैद्धान्तिक पृष्ठभूमी विश्वका अन्य क्षेत्रको तुलनामा समग्र दक्षिण एशियाका भारत–चीन क्षेत्रमा नै अत्यधिक मात्रामा केन्द्रिकृत रहदै आएको पाइन्छ । जसबाट नेपालले मनग्य आर्थिक लाभ लिदै कुटनीतिक एवं आर्थिक विकासको क्षेत्रमा ठूलो सफलता हासिल गर्न सक्ने सम्भावनालाई आर्थिक विकासको मूलमन्त्र मान्दै अगाडी बढ्न सक्ने हो भने मात्रै नागरिक समृद्धि र विकास हाम्रै पालामा सम्भव रहन्छ । अन्यथा वाह््य राजनीतिक हस्तक्षेपको असान्दर्भिक जालोमा जकडिदै अकल्पनिय अवस्था सिर्जना नहोला भन्न सकिदैन । तसर्थ सधैं सचेत रहेर विकासको लागि आपसी भाईचाराको अभिवृद्धि गर्दै अगाडी बढ्ने प्रण गरौं । जसमा निश्चित रुपमा सर्वपक्षिय हित रहनेछ भन्ने विश्वास लिन सकिनेछ ।

प्रतिक्रिया