सुर्मामा निःशुल्क आयुवेर्दिक स्वास्थ्य शिविर सञ्चालन

बझाङ । जिल्लाको सुर्मा गाउँपालिकामा निःशुल्क आयुवेर्दिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले सुर्मा गाउँपालिकाको दौलिचर माध्यमिक विद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

आर्थिक वर्ष ०७९÷८० को वार्षिक कार्यक्रममार्फत सुर्मा गाउँपालिकालाई छनोट गर्दै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरेको जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र बझाङका सूचना अधिकारी मिनराज पुरीले बताए । पुरीका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रले स्वास्थ्य संस्थामा पहुँच नपुगेका विभिन्न किसिमका बिरामीहरू जस्तै बाथ अम्लपित, श्वाप्रश्वास, मुटुसम्बन्धी समस्या, माइग्रेन शिरसम्बन्धी समस्या, पिसाबसम्बन्धी समस्या तथा महिलासम्बन्धी रोग, सेतोपानी बग्ने, महिनावारी हुने बेला पेट दुख्ने समस्या भएका बिरामीको पिएसिका डा.वर्षा पौडेलद्वारा स्वास्थ्य परामर्श गरी औषधि वितरण गरेको बताए ।

निःशुल्क स्वास्थ्य शिविरवाट १ सय ७२ महिला तथा १ सय ५० पुरुष गरी जम्मा ३ सय २२ जना बिरामीहरूले सेवा लिएका छन् । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त कार्यलय प्रमुख गणेश यादवको अध्यक्षतामा सञ्चालन भएको निःशुल्क शिविर कार्यक्रमका प्रमुखअतिथि गाउँपालिकाका अध्यक्ष खड्कबहादुर बोहरा तथा विशिष्ट अतिथि डा.वर्षा पौडेल थिए । उक्त कार्यक्रमको सञ्चालन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी तथा बरिष्ठ वैद्य मिनराज पुरीले गरेका थिए ।

प्रतिक्रिया