पाँच दलीय गठवन्धनद्धारा प्रतिगमन पराजित

मोहनविक्रम सिंह

एमालेले पहिले चुनावद्वारा दुईतिहाइ, पछि बहुमतको सरकार बनाउने दाबी गरेको थियो तर ती सबै दाबीलाई जनताले असफल गराइदिएका छन् । त्यसरी जनताले एमालेको देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने योजनालाई पराजित गरिदिएका छन् । पाँचदलीय गठबन्धनको ऐतिहासिक भूमिका र जनताको चेतनाको उच्चस्तरको चेतनाका कारणले देशलाई प्रतिगमन र अधिनायकवादतिर जानबाट रोक्न सम्भव भएको छ ।

मंसिर ४ गतेको चुनावको सन्दर्भमा पाँचदलीय गठबन्धन वा चुनावी तालमेलको मुख्य उद्देश्य सफल भएको छ । त्यसको मुख्य उद्देश्य प्रतिगमनलाई पराजित गर्नुथियो र त्यो उद्देश्य सफल भएको छ । एमालेले पहिले चुनावद्वारा दुईतिहाइ, पछि बहुमतको सरकार बनाउने दाबी गरेको थियो तर ती सबै दाबीलाई जनताले असफल गराइदिएका छन् । त्यसरी जनताले एमालेको देशलाई प्रतिगमन र अधिनायकवादतिर लैजाने योजनालाई पराजित गरिदिएका छन् । पाँचदलीय गठबन्धनको ऐतिहासिक भूमिका र जनताको चेतनाको उच्चस्तरको चेतनाका कारणले देशलाई प्रतिगमन र अधिनायकवादतिर जानबाट रोक्न सम्भव भएको छ ।

पाँचदलीय गठबन्धन प्रतिगमनलाई पराजित गर्न सफल भएको छ तर त्यसको लागि गठबन्धनलाई पर्याप्त सफलता प्राप्त नभएको वास्तविकताप्रति पनि हाम्रो ध्यान जानुपर्दछ । स्वयम् गठबन्धनभित्रका कतिपय कमजोरी, अन्तरविरोध वा गलत सोचाइका कारणले त्यस्तो हुन गएको छ । नेकाभित्र त्यसको संस्थापन पक्ष र त्यसभित्रको प्रतिपक्षका बिचको अन्तद्र्वन्द्वका कारणले गठबन्धनको सफलतामा धेरै असर पर्न गएको छ ।

नेकाभित्रको एउटा पक्षले लगातार र योजनाबद्ध प्रकारले गठबन्धनको विरोध गर्ने र कम्युनिस्टहरूसँग कुनै एकता नगर्ने नीतिमा जोड दिएको थियो । त्यो पक्षले कम्युनिस्ट पक्षका कतिपय उम्मेदवार मात्र होइन, स्वयम् नेपाली काङ्ग्रेसभित्रका संस्थापन पक्षका पनि कतिपय उम्मेदवारलाई हराउन पूरा जोड लगाएको थियो । त्यसको त्यस प्रकारको कार्यविधिको परिणामस्वरूप चुनावमा गठबन्धन पक्षका कैयौँ उम्मेद्वार पराजित हुन पुगेका छन् र त्यसको परिणारमस्वरूप एमालेका कैयौँ उम्मेद्वारको विजय भएको छ । त्यसको परिणाम नै यो भयो कि देशमा प्रतिगमनको पराजय भयो तर गठबन्धन पक्षका जति धेरै उम्मेद्वारको विजय हुनुपर्दथ्यो, त्यो हुन सकेन । त्यो नेकाभित्रको प्रतिपक्षद्वारा प्रतिगमनलाई पु¥याएको सेवा नै हो । त्यसले देशको राजनीतिमा कति धेरै असर गर्ने छ, कति धेरै अस्थिरता पैदा गर्नेछ वा त्यसका कतिपय दुष्परिणाम हुने छन् ? त्यो कुरा आउने दिनमा स्पष्ट हुँदै जाने छ ।

नेकाभित्रको प्रतिपक्षले गठबन्धन वा आफ्नै पार्टीका उम्मेद्वारलाई पनि हराउने जुन नीति लिएको थियो, त्यसका दुईओटा उद्देश्यहरू भएको कुरा प्रष्ट छ ः प्रथम– चुनावपछि आफ्नोे पार्टीको संस्थापन पक्षलाई नेतृत्वमा आउन नदिने, द्वितीय– गठबन्धनलाई पूरा बहुमतमा आउन नदिने र त्यसरी नेकाको एमालेसित गठबन्धन सरकारको निर्माणका लागि आधार तयार पार्ने । नेकाभित्रको प्रतिपक्षले एमालेसित त्यस प्रकारको गठबन्धन सरकारको सम्भावनाको पक्षमा पनि अभिव्यक्ति दिएका कैयौँ उदाहरण पाइन्छन् । त्यसका लागि नै उनीहरूले विभिन्न निर्वाचन क्षेत्रहरूमा गठबन्धन पक्षका वा आफ्नो पार्टीका पनि कैयौँ उम्मेदवारलाई हराउन वा एमालेका उम्मेदवारलाई जिताउन षड्यन्त्र गरेको पाइन्छ । त्यसैले पाँचदलीय गठबन्धन चुनावमा प्रतिगमनलाई पराजित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्न सफल भए पनि त्यो चुनावपछि जसरी सशक्त रूपमा अगाडि आउन सक्दथ्यो, पर्दथ्यो वा सम्भव थियो, त्यो हुन सकेन ।

तथ्यहरूले बताउँछन् ः एकीकृत समाजवादीले देशभरि नै एमालेका विरुद्ध स्पष्ट र दृढ नीति लिएको थियो । केन्द्रीय स्तरमा माओवादीको नेतृत्वले पनि त्यसबारे स्पष्ट र दृढ नीति लिएको थाहा हुन्छ तर स्थानीय तहमा माओवादीका कतिपय नेता वा कार्यकर्ताले गठबन्धन पक्षका कतिपय उम्मेद्वारलाई पराजित गर्ने नीति अपनाएको वा एमालेका उम्मेद्वारलाई जिताउन प्रयत्न गरेका तथ्य पनि छन् । उनीहरूभित्रको अराजकतावादी वा अनुशासनविहीन कार्यशैली तथा कतिपय स्थानीय र स्वयं आफ्नै संगठनभित्रका पारस्परिक, प्रतिस्पर्धा र कुण्ठाका कारणले पनि उनीहरूले त्यस्तो गरेको देखिन्छ । जस्तो कि माथि भनियो, नेकाभित्रको एउटा पक्षले कतिपय ठाउँमा आफ्नोे पार्टीका उम्मेद्वारलाई हराउन प्रयत्न गरेजस्तै कतिपय जिल्लामा माओवादीले आफ्नै संगठनका कतिपय उम्मेद्वारलाई पनि हराउन प्रयत्न गरेको पाइयो । नेकाभित्रको एउटा पक्ष र माओवादीभित्रका त्यस प्रकारका कतिपय कार्यविधिका कारणले पनि पाँचदलीय गठबन्धनलाई धेरै नै क्षति पुगेको छ ।

कतिपय स्थानमा राष्ट्रिय जनमोर्चाका कतिपय मतदाताले पनि गठबन्धनका कतिपय उम्मेद्वारका विरुद्ध एमालेका उम्मेद्वारलाई मत दिएको भन्ने समाचार प्राप्त भएका छन् । त्यसप्रकारको कार्यविधि पार्टीको घोषित नीतिका विरुद्ध छ । निश्चय नै, त्यसबारे हामीले अनुसन्धान गर्नेछौँ र कतै त्यस्तो भएको पाइएमा आवश्यकताअनुसार कारबाही गर्नेछौँ । के नेका वा माओवादीले पनि त्यस प्रकारको छानबिन गर्ने वा कारबाही गर्ने दृढता देखाउनेछन् ?

जे होस, जनुसुकै पक्षबाट पनि अपनाइएका त्यसप्रकारका नीतिबाट प्रतिगमनलाई नै मद्दत पुगेको कुरा प्रष्ट छ । खास गरेर प्रतिगमन विरुद्धको संघर्षमा उत्रेका राजनीतिक शक्तिबाट त्यस प्रकारको कुनै पनि गल्ती हुनु अत्यन्त दुःख र घातक पनि कुरा हो । अहिलेको चुनावमा कतिपय राजावादी वा प्रतिगामी शक्तिले पनि चुनावमा उल्लेखनीय सफलता प्राप्त गरेका छन् । चुनावमा एमालेले राजावादी शक्तिसित गठबन्धनको नीति लिएको थियो । त्यसबाट प्रथम– एमालेले प्रतिगामी दिशा लिएको कुरा प्रष्ट हुन्छ । द्वितीय – एमालेको त्यस प्रकारको नीतिबाट राजावादीलाई पनि चुनावमा उल्लेखनीय सफलता प्राप्त गर्नु सम्भव हुन गएको छ । चुनावमा कतिपय जातिवादी संगठनले पनि सफलता प्राप्त गरेका छन् । यो स्पष्ट छ राजावादी वा जातिवादी संगठनको सफलताले देशको राजनीतिलाई सही दिशामा लैजाने छैन ।

राजावादीहरू देशका दुस्मन शक्ति हुन् । उनीहरूले गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनःस्थापना गर्ने प्रतिगामी उद्देश्य अन्तर्गत काम गरिरहेका छन् । त्यसरी उनीहरूले जनताले करिब एक सय वर्ष सङ्घर्ष गरेर तथा त्याग र बलिदान गरेर प्राप्त गरेका उपलब्धिलाई समाप्त गर्ने र इतिहासको धारलाई उल्ट्याउन चाहन्छन् । त्यसकारण हाम्रो पार्टीले उनीहरूका विरुद्ध सम्झौताहीन संघर्षमा जोड दिन्छ । हामीले प्रतिगमनको खतरालाई अहिले पनि अत्यन्तै गम्भीर रूपमा लिएका छौँ र, त्यसैले, उनीहरूका विरुद्ध आउने शक्तिहरूसित तालमेल गरेर प्रतिगमनका विरुद्ध लगातार संघर्ष गर्ने हाम्रो नीति हुनेछ ।

थारू समुदाय नेपालको अत्यन्त, प्राचीन र प्रागऐतिहासिक जाति हो । उनीहरूमाथि शताब्दीऔँदेखि लगातार शोषण र उत्पीडन हुँदै आएको छ । त्यसकारण हाम्रो पार्टीले उनीहरूको मुक्तिका लागि चल्ने संघर्षलाई सधैँ र दृढतापूर्वक समर्थन गर्दै आएको छ र अहिले पनि हामीले त्यसका लागि जोड दिन्छौँ तर त्यो संघर्षलाई जातिवादी रूपमा अगाडि बढाउने नीतिलाई हामीले गलत मान्दछौँ । त्यही सन्दर्भमा टीकापुरको हत्याकाण्डलाई पनि हामीले गलत मान्दछौँ, जसमा एकजना नाबालकको पनि निर्मम हत्या गरिएको थियो । त्यस प्रकारको हत्याकाण्डलाई जातीय रूपमा अगाडि बढाउने वा समर्थन गर्ने कार्यलाई हाम्रो पार्टीले निश्चित रूपमा गलत मान्दछ ।

अहिलेको चुनावको एउटा सकारात्मक पक्ष के हो भने तराईमा भारतीय समर्थनमा क्षेत्रीयतावादी राजनीति गर्दै आएका मधेसवादी संगठनको स्थिति कमजोर भएको छ । त्यसले तराईमा बढिरहेको उच्च जनचेतनालाई बताउँछ तर त्यसका साथै त्यहाँ कतिपय पृथकतावादी राजनीतिक तत्वले चुनावमा सफलता प्राप्त गरेका छन् । त्यसले तराईमा पृथकतावादी आन्दोलन पुनः नयाँ रूपमा अगाडि बढ्ने खतरालाई बताउँछ । त्यसप्रति सबै देशभक्त नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।

अहिलेको चुनावमा स्वतन्त्र वा स्वतन्त्र राजनीतिक संगठनको रूपमा पनि कतिपय पक्षहरू अगाडि आएका छन् र उनीहरूले चुनावमा महत्वपूर्ण सफलता पनि प्राप्त गरेका छन् । यो देशका लागि शुभ वा स्वस्थ संकेत होइन । कुनै दर्शन, सिद्धान्त, राजनीतिक पृष्ठभूमि वा पहिचान नभएका त्यस प्रकारका तत्वको राजनीतिमा आगमनले देशलाई सही दिशामा बढाउन नसक्ने कुरा निश्चित छ । नेपालको राजनीतिमा कैयौँपल्ट त्यस प्रकारका अभ्यास गरिएका छन् र जनताले तिनीहरूलाई समर्थन पनि गर्ने गरेका छन् । प्रथमतः उनीहरूले देश र जनतालाई सही मार्गप्रदर्शन गर्न सक्दैनन् र उनीहरूमा कुनै स्थायित्व र निरन्तरता पनि हुँदैन तैपनि अस्थायी रूपले उनीहरूले जनतालाई आकर्षित गर्न वा भ्रम दिन सक्दछन् ।

अहिलेको चुनावमा पनि उहीहरूले पुराना पार्टी र नेताहरूको आलोचना गरेर वा आकर्षक कुरा गरेर जनताको मन जित्ने प्रयत्न गरेका छन् । उनीहरूको सबैभन्दा बढी जोड यो कुरामा रहेको छ ः वृद्ध नेताबाट नेतृत्व वा सत्ता नयाँ र युवापुस्तामा हस्तान्तरण हुनुपर्छ तर त्यो अमूर्त प्रकारको नारा हो । निश्चय नै वृद्धहरू सधैँ बाँच्दैनन् र समाजको गति अगाडि बढाउन युवाहरू नै अगाडि आउनुपर्छ तर कुनै व्यक्ति युवक हुनु नै पर्याप्त हुँदैन । उसको कुन प्रकारको दृष्टिकोण वा क्षमता छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो । समाजका धेरै अवाञ्छित तत्वहरू पनि युवा पुस्ताबाट आएका हुन्छन् । त्यसकारण कुनै व्यक्ति युवक बन्नु नै पर्याप्त हुँदैन । संसारमा युवा पुस्ताबाट आएका कैयौँ मानिसहरूले देश, समाज वा मानवता समेतलाई धेरै नोक्सान पु¥याएका थुपै्र उदाहरणहरू पाइन्छन् । समग्र रूपमा उसको सम्पूर्ण दृष्टिकोण र व्यक्तित्व कस्तो छ ? त्यो निर्णयात्मक महत्वको कुरा हो । त्यसरी सकारात्मक रूपमा विकास गरेको युवापुस्ताले नै देशको राजनीति वा भविष्यलाई सही दिशामा अगाडि बढाउने क्षमता राख्छ ।

स्वतन्त्र भन्नेबित्तिकै सबै व्यक्तिहरू राजनीतिका लागि योग्य हुन्छन् भन्ने होइन । सामान्य रूपमा स्वतन्त्र भनेका ती व्यक्तिहरू नै हुन्, जो, कुनै राजनीतिक दलसित संलग्न छैनन् । त्यसको अर्थ के कुनै राजनीतिक दलसित संलग्न नभएका सबै मानिसहरू सही हुन्छन् वा उनीहरू राजनीतिक नेतृत्व गर्न योग्य हुन्छन् भन्ने हो ? समाज र विश्वमा पनि राजनीतिक दलमा संलग्न नभएका लाखौँकरोडौँ मानिस छन् । त्यस प्रकारका व्यक्तिहरू बेग्लाबेग्लै चिन्तन, स्वभाव वा चरित्र भएका मानिसहरू हुन्छन् । राजनीतिक दल र नेतृत्वलाई विस्थापित गरेर त्यस प्रकारका स्वतन्त्र व्यक्तिहरू नेतृत्वमा आएपछि देशको सही विकास हुन्छ भन्ने सोचाइलाई निरपेक्ष सत्यको रुपमा लिन सकिन्न । त्यो वास्तवमा भ्रम मात्र हो ।

अहिलेको चुनावको बेलामा विभिन्न साम्राज्यवादी शक्तिहरूले पनि बेग्ला बेग्लै प्रकारले घुसपैठ गर्ने वा चुनावको माध्यमद्वारा संसद्मा आफ्ना मान्छेहरू पठाउने प्रयत्न गरेको पाइन्छ । अहिलेको चुनावमा कुन कुन साम्राज्यवादी शक्तिले को कोलाई चुनावमा उठाएर संसद्मा पु¥याउने प्रयत्न गरेको छ ? तत्काल त्यो कुरा खुलाएर भन्न त मुस्किल पर्दछ तर साम्राज्यवादी शक्तिहरूले अहिलेको चुनावलाई त्यसरी उपयोग गर्न खोजेको कुरा स्पष्ट छ । भविष्यमा त्यो कुरा खुल्दै जाने कुराको आशा गर्न सकिन्छ ।

अहिलेको चुनावमा राष्ट्रिय जनमोर्चाले बागलुङमा का. चित्रबहादुर केसी, प्युठानमा का. दुर्गा पौडेललाई प्रतिनिधिसभाका लागि र कामरेड सागर केसीलाई अर्घाखाँचीमा प्रदेशसभाका लागि उम्मेद्वार बनाएको थियो । का. चित्रबहादुर केसीले चुनावमा विजय प्राप्त गर्नुभएको छ । त्यो हाम्रो सम्पूर्ण पार्टी र देश र जनताका लागि पनि अत्यन्त प्रशन्नताको कुरा हो । उहाँको सम्पूर्ण इतिहास राजनीतिक स्पष्टता र दृढता र परिपक्वता तथा दृष्टिकोण माथि विचार गर्दा हामीलाई विश्वास छ, उहाँले संसद्मा र त्यसबाहिर पनि सशक्त रूपलेदेश र जनाताका लागि आवाज उठाइराख्नुहुनेछ ।

का. दुर्गा पौडेल चुनावमा पराजित हुनुभएको छ तर उहाँलाई चुनावमा ३५ हजार भन्दा बढी मत प्राप्त भएको थियो । त्यसबाट उहाँलाई जनताबाट व्यापक समर्थन प्राप्त भएको कुरामा कुनै शंका रहन्न । तैपनि चुनावमा उहाँको जुन पराजय भयो, त्यसको कारण खास गरेर नेकाभित्रको प्रतिपक्षको केन्द्रीय नीति अन्तर्गत प्यूठानको नेपाली कांग्रेसको एउटा पक्षद्वारा दुर्गा पौडेललाई हराउन तथा एमालेका उम्मेद्वारलाई जिताउन चलाइएको अभियानको परिणाम थियो ।

माओवादीको केन्द्रीय नेतृत्वले आफ्नो केन्द्रीय नेताहरूलाई नै प्युठानमा गठबन्धनका उम्मेदवारलाई जिताउन प्रशिक्षण दिन पठाएको थियो तर आफ्नोे पार्टीको निर्देशनलाई पूरै लागू नगरेको हुनाले पनि का. दुर्गा पौडेलको हार हुन गयो । तर माओवादी केन्द्रले त्यस प्रकारको प्रयत्न गरे पनि प्युठानका माओवादीहरूको एउटा पक्षले त्यो नीतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगरेर एमालेका उम्मेद्वारलाई नै जिताउन प्रयत्न गरेको पाइन्छ । प्युठानको क्षेत्र नं. १ का माओवादीका प्रदेश उम्मेद्वार का. कृष्ण अधिकारी (प्रकाश)को पनि त्यही कारणले पराजय भएको कुरा प्रष्ट छ । के त्यसबारे आवश्यक छानविन गरेर माओवादी केन्द्रले तथ्य, सत्य बाहिर ल्याउनेछ ? त्यही प्रकारको परिस्थितिमा अर्घाखाँचीमा का. सागर केसीको पराजय हुन गएको छ ।

अन्तमा, चुनावमा सीमित प्रकारको विजयका लागि हाम्रो पार्टी वा वैधानिक मोर्चाको कमजोर स्थिति पनि काफीहदसम्म जिम्मेवार छ । देशमा आन्दोलन वा चुनावमा सशक्त भूमिका खेल्नका लागि अहिलेको हाम्रो पार्टीको संगठनात्मक स्थिति अनुशासन र जनाधारसमेतको विकासका लागि हामीले विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

प्रतिक्रिया