मकवानपुरमा नवनिर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण

मकवानपुर । निर्वाचन कार्यालय मकवानपुरले यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधीसभा र प्रदेशसभामा निर्वाचित भएका सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै विजयी भएका उम्मेदवारहरुलाई प्रमाणपत्र वितरण वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत मकवानपुरले जिल्लाको प्रतिनिधीसभा क्षेत्र नम्बर–१ मा विजयी राप्रपाका नेता दिपकबहादुर सिंह, मकवानपुर क्षेत्र नम्बर–२ मा विजयी नेकपा एमालेका बागमती प्रदेशका उपसचिव महेशकुमार बर्तौलालाई प्रमाणपत्र वितरण गरिएको हो ।

त्यस्तै क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा विजयी माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी, क्षेत्र नम्बर १ को (ख) मा निर्वाचित एमालेका मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, क्षेत्र नम्बर–२ को प्रदेशसभा (क) मा निर्वाचित माओवादीका नेता कुमारी मोक्तान, क्षेत्र नम्बर–२ को (ख) मा निार्वाचित कांग्रेस नेता इन्द्रबहादुर बानिायाँलाई प्रमाणपत्र वितरण गरिएको हो ।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले विजयी भएका संघीय सांसद र प्रदेशसभाका सदस्यहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया