कतार विश्वकप : ट्युनिसियामाथि अष्ट्रेलियाको जित

कतार । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अष्ट्रेलियाले समूह डी को खेलमा ट्युनिसियालाई पराजित गरेको छ ।
शनिबार अल जनौब रंगशालामा अष्ट्रेलियाले १–० को जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्ससँग अग्रता लिएर पनि हार बेहोरेको अष्ट्रेलियाले ट्युनिसियाविरुद्ध भने सुरुवाती अग्रता जोगाउँदै जित हासिल गरेको हो ।

खेलको २३ औं मिनेटमा मिसेल डुकले गरेको गोल नै अष्ट्रेलियाको जितमा निर्णायक सावित भयो । उनले क्रेग गुडविनको क्रस डिफ्लेक्ट भएर आएपछि प्राप्त अवसरमा फ्लिक हेडरमा गोल गरेका थिए ।

अष्ट्रेलियाले कतार विश्वकपमा एसियाली राष्ट्रको सफल सहभागितालाई जारी राखेको छ । यस जितले टोली नकआउट चरण पुग्ने सम्भावना पनि बढेको छ ।
फ्रान्स र अष्ट्रेलियाको ३–३ अंक छ । डेनमार्क र ट्युनिसियाले पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिक्रिया