काभ्रेमा ३ मतले विजयी भए तीर्थ लामा

काभ्रे । काभ्रे जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसका तीर्थ लामा प्रदेशसभा सदस्यमा विजयी भएका छन् । तीर्थले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामालाई मात्र ३ मतान्तरले पराजित गर्दै विजयी भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालय पनौतीका अनुसार नेपाली कांग्रेसका लामाले १९ हजार २ सय ८० मत प्राप्त गरि प्रदेश सभा सदस्यमा विजयी भएका हुन । उनी नेपाली कांग्रेसका बाम लोकतान्त्रिक गठबंधनका साझा उम्मेद्वार हुन । उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २ सय ७७ मात्रै मत प्राप्त गरेका छन् । अघिल्लो ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट अहिले पराजित भएका चन्द्र लामा नेकपा एमाले बाट प्रदेश सभा सदस्यमा विजयी भै बागमती प्रदेशको कृषि तथा पशु पन्छी विकास मन्त्रालयका मन्त्री समेत भएका थिए ।

तीर्थको जीत सँगै बाम लोकतान्त्रिक का साझा उम्मेद्वारहरु काभ्रेका ४ ओटै प्रदेशमा विजयी भएका छन् । काभ्रेका०७४ मा प्रदेश सभा सदस्यमा विजयी पुरानै भएका प्रदेश सदस्यहरू काभ्रे प्रतिनिधि सभाको १ को प्रदेश सभा क बाट बाम लोकतान्त्रिक का साझा उम्मेद्वार नेकपा माओवादीकेन्द्रका रत्न ढकाल र काभ्रे प्रतिनिधि सभा २ को प्रदेश सभा क बाट बाम लोकतान्त्रिक गठबन्धन का साझा उम्मेद्वार नेकपा एसका लक्ष्मण लम्साल पुनः विजयी भएका हुन् ।

काभ्रे जिल्लामा दुई प्रतिनीधि सभा र चार प्रदेश सभा रहेका छन् । बाँकी प्रतिनिधि सभा १ र २ को मतगणना जारी छ । प्रतिनिधि सभा २ को ख मा पनि नेपाली कांग्रेसका कञ्चन चन्द्र बादे विजयी भएका छन् । निर्वाचन आयोग धुलिखेलले उनले एमालेका प्रतिष्पर्धी कुमार थापा लाई ठूलो मतान्तरले पछि पार्दै अग्र स्थानमा छन् । बादे आधिकारिक रूपमा विजयी भएको घोषणा हुन मात्रै बाकी छ ।

प्रतिक्रिया