चितवन– १ बाट स्वतन्त्र पार्टीका हरि ढकाल विजयी

चितवन । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५ सय ८१ मतले पछि पार्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ३४ हजार ् १८९ मत प्राप्त गरेका छन् भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९०९ मत प्राप्त गरे ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले) का जगन्नाथ थपलिया विजयी भएका छन् । थपलियाले १७ हजार ६ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका थिए । यस प्रदेशमा ४३ हजार ८ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी) का कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार ५ सय ७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार ७ सय ६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार १३६ मत खसेको आयोगले जनाएको छ ।

प्रतिक्रिया