मकवानपुर १ (ख) मा एमालेका श्रेष्ठ बिजयी

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली कांग्रेसमा नेता आनन्दाराम पराजुलीलाई ८७१ मतान्तरले पछि पार्दै श्रेष्ठ बिजयी भएका हुन् । श्रेष्ठ १४ हजार २२५ मत सहित विजयी भएका हुन् । श्रेष्ठ नेकपा एमाले मकावानपुरका अध्यक्ष समेत हुन् ।

पराजुलीले १३ हजार ३५६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरेका छन् । कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो । श्रेष्ठ मुख्यमन्त्रीको दाबेदार हुन् ।

को हुन एकालाल ?

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलोपटक जनप्रतिनिधि बन्ने तयारीमा छन् एकालाल श्रेष्ठ । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकालाल मकवानपुर क्षेत्र नम्बर १(२/ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका छन् ।

२०४४ सालदेखि विधिवत रुपमा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका एकालाल श्रेष्ठ मकवानपुर अझ भनौं हेटौंडाबासीका लागि कुनै नौलो नाम हैन । २०२७ साल साउन १७ गते जन्मिएका एकालाल पूर्णलालिन राजनीति र समाजसेवामा समर्पित नाम हो । बुवा भिमलाल श्रेष्ठ र आमा चन्द्रकुमारी श्रेष्ठको जेठा छोराका रुपमा जन्मिएका श्रेष्ठले हेटौंडाको शिद्धार्थ माविमा कक्षा ८ मा पढ्दै गर्दा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सदस्यता लिएर २०४४ सालबाट राजनीतिमा पाइला राखे ।

पञ्चायत कालमा राजनीति गर्न पक्कै पनि सहज थिएन तर पनि त्यो चुनौतीपूर्ण अवस्थाको सामना गर्दै उनी निरन्तर राजनीतिमा सकृय रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य क्रमशः सचिव, उपाध्यक्ष हुँदै २०५२ सालमा अनेरास्ववियुको जिल्ला कमिटी अध्यक्ष बन्न सफल भए ।
जिल्ला अध्यक्षको जिम्मेवारी पाउनु पनि निरन्तर विद्यार्थी राजनीतिमा उर्जाशिल भएर लागेको प्रतिफल नै थियो ।
हेटौंडामा नै जन्मिएका एकालालले पछिल्लो समयमा देशमा भैरहेको धेरै राजनीतिक उथलपुथल नजिकबाट नियाल्ने अवसर पनि पाए ।

राजनितीलाई व्यवसाय हैन सेवा बनाउनुपर्छ भावना उनीमा विद्यार्थीकालदेखि नै जागृत थियो भने अहिले पनि ‘बरकरार’ छ । निरंकुश निर्दलीय राजतन्त्र विरुद्धमा २०४६ सालमा भएको आन्दोलनमा पनि उनी सक्रीय भएर लागे उनले हेटौंडामा हुने हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर जुधिरहे । विद्यार्थीको नेतृत्व गर्दै आन्दोलनमा लागिरहँदा उनले जेलजीवनको पनि सामना गर्नुपरेको थियो ।

यी यावत कुराहरु सम्झिदा जहिले पनि देश जोगाउनको लागि हरेक कुराको सामना गर्न सक्नुपर्छ भन्ने उर्जा प्राप्त हुने उनी बताउँछन् । अनेरास्ववियुको मकवानपुरको अध्यक्ष हुँदैगर्दा दुई कार्यकाल केन्द्रीय सदस्य, सचिवालय सदस्य समेत हुने मौका पाए । केन्द्रीय सचिवालय सदस्य भएपछि केन्द्रीय राजनीतिमा पनि उनको सम्पर्क बढ्दै गयो । त्यसो त त्यसबेला विद्यार्थी राजनीति सँगै गरेका ठाकुर गैरे, भानुभक्त ढकाल, शेरधन राई, विशाल भट्टराई, खिमलाल भट्टराई, योगेश भट्टराईहरु लगायतका नेताहरू केन्द्रिय तहामा नै छन् ।

विभिन्न आरोह अवरोहलाई छिचोल्दै एकालाल अहिले नेकपा एमाले मकवानपुर जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । तत्कालीन समयमा अनेरास्ववियूको मध्यमाञ्चल प्रमुख समेत भएर काम गरेका २०४८ सालमा एमालेको पार्टी सङ्गठित सदस्यता प्राप्त गरी नेकपा एमालेको राजनीतिमा पाइला टेकेका हुन् । २०४९ सालमा तत्कालीन हेटौंडा नगरपालिका वडा नम्बर १ को नेकपा एमाले पार्टी कमिटीको पहिलो अध्यक्ष हुने सौभाग्य पनि उनकै नाममा छ । २०५० सालमा हेटौंडा नगर कमिटीको सदस्य हुदै विभिन्न जिम्मेवारी पश्चात् २०६१ सालमा आएर एमाले मकवानपुरको जिल्ला कमिटी सदस्य हुन सफल भए । पार्टी राजनीतिमा धैर्य र संयमता अपनाए अवसर आउँछ भन्ने उनको मनमा लागिरह्यो ।

२०६२/०६३ को मकवानपुरको आन्दोलनमा सक्रीय रुपमा सहभागि हुँदै गर्दा उनले ठाउँठाउँको आन्दोलनको नेतृत्व गरेका थिए । त्यसरी आन्दोलनको अगुवाइ गर्दा पटक–पटक सरकारले दमन गरी पक्राउ समेत गरेको थियो ।
निरन्तर नेकपा एमालेकै विभिन्न क्षेत्रमा सक्रीय एकालाल २०७२ सालमा नेकपा एमाले मकवानपुरको सचिव भए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि भएका विभिन्न घटनाक्रमलाई नजिकबाट अवलोकन गरेका एकालाल पार्टीलाई सङ्कट परेको अवस्थामा नेतृत्व लिएर २०७७ साल पुस २५ गते पार्टीको अध्यक्ष बने । त्यसको एकवर्षपछि पुन २०७८ साल पुस २५ गते भएको नेकपा एमालेको जिल्ला अधिवेशनबाट एमाले मकवानपुरको अध्यक्षका रुपमा निर्वाचित भएका एकलाल अहिले पनि जिल्ला अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पूरा गरिरहेकाछन् ।

यस्तै नेपाल बुद्धीचाल संघको केन्द्रिय कमिटीको विभिन्न जिम्मेवारी पूरा गर्दै अनुभव बटुल्दै महासचिब हुँदै २०७२ चैत्र १३ गते केन्द्रीय अध्यक्षका रुपमा चयन भए । बुद्धिचाल खेलमा राम्रो अनुभव रहेका एकालालले नेपालमा पनि यो खेलको राम्रो आकर्षक छ भन्ने विदेशमा चिनाउने काम गरे । नेपालका बुद्धिचाल खेलका सन्दर्भमा नेपालका धेरै जिल्लाका साथै विभिन्न देशहरुमा समेत उनले नेपालको प्रतिनिधित्व गराउन सफल भएका छन् । एसियायी चेस महासङ्घको अध्यक्षको सल्लाहकार ( २०१८ देखि हालसम्म), विश्व बुद्धिचाल महासङ्घको बिकास आयोगको सदस्य (सन् २०१५-२०१८ सम्म) काम गरेर अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा पनि आफ्नो अनुभव सङ्गालेका छन् ।

निर्माण ब्यवसायी महासङ्घ मकवानपुरको दुई कार्याकाल महासचिव, मकवानपुर उद्योग वाणिज्य सङ्घको सल्लाहकार भैसकेका छन् एकालाल । यस्तै मकवानपुरको पुस्तकालय स्थापना एबम सामुदायिक बनहरुको अभियानमा समेत उनी जोडीएका छन् । यस्तै राजनीतिक अभियान सँगै सहकारी अभियानमा पनि उनी जोडिएका छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया