ऋर्चालाई अष्ट्रेलियामा अवार्ड

काठमाडौं । टाइटन चलचित्र फेस्टिभलमा अभिनेत्री ऋचा शर्माले अस्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन् । उनले फेस्टिभलमा लघुचलचित्र ‘ब्लड मनी’ का लागि उक्त अवार्ड प्राप्त गरेकी हुन् । अशोककुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको चलचित्रमा अभिनेत्री शर्माको साथमा अभिनेत्री मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।

साउदीमा एक नेपालीलाई फसाइएको विषयमा चलचित्र बनेको छ । अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालका प्रधानमन्त्रीलाई लेखेको चिठीसँगै भोग्नु परेको संघर्ष चलचित्रमा समेटिएको छ । उसकी श्रीमतीले उसलाई नेपाल ल्याउन गरेको संघर्षको कथालाई चलचित्रले कलात्मक रुपमा उठान गरेको छ । सनिस श्रेष्ठको छायांकन रहेको चलचित्रको सम्पादन शाहिल खानले गरेका छन् । आफूले काम गरेको चलचित्रले अस्ट्रेलियामा अवार्ड जित्दा निकै खुसी लागेको अभिनेत्री ऋचाले बताइन् ।

प्रतिक्रिया