टेलिकमको निर्वाचन अफर

काठमाडौ । नेपाल टेलिकमले निर्वाचन अफर सार्वजनिक गरेको छ । टेलिकमले आगामी मंसिर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि उक्त अफर उपलब्ध गराएको हो । यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

कम्पनीका अनुसार डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी, ६ जिबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबिपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुने पनि छ ।

प्रतिक्रिया