बबिता बानियाँको ‘चोट’ सार्वजनिक

काठमाडौं । प्रत्यक्ष दोहोरीमा अब्बल भनेर चिनिएकी गायिका बबिता बानियाँ (जेरी)को नयाँ गीत ‘चोट’ सार्वजनिक भएको छ ।

सिद्धकाली डिजिटलको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा जेरीको शब्द रहेको छ भने विरही कार्कीले संगीत भरेका हुन् ।

त्यसैगरी लोकप्रिय गायक राजु परियार र गायिका पूर्णला बिसीले त्यस गीतमा समधुर आवाज दिएका छन् । गायिका बबिता बानियाँ जेरीले आफ्नो यथार्थ जीवन कहानीमा आधारित उक्त गीत रचना गरेर बजारमा ल्याएको बताइन् ।

साथै, गीतको म्युजिक भिडियोमा गायिका बबिता बानियाँ (जेरी), कलाकार राजु आर डी र निरोज भट्टले अभिनय गरेका छन् । स्मृति तिमिल्सिना ‘गुरूआमा’ ले भिडियोको निर्देशन गरेकी हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेर केही वर्षअछि विवाह गरेका जेरी र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका थिए । यसै विषयलाई लिएर उक्त ‘चोट’ नामक गीत ल्याएको गायिका बानियाँको भनाइ छ । उनको एक छोरी छन् ।

प्रतिक्रिया