फाल्गुनन्द सहकारीको अध्यक्षमा पुन्यप्रसाद ढुंगेल

पाँचथर । फिदिम नगरपालिका कार्यक्षेत्र भएको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभा सोमबार चोकमागु रेडक्रसको भवनमा सम्पन्न भएको छ । उक्त साधारण सभा फिदिम नगरपालिका सहकारी साखा प्रमुख सरस्वती सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधारण सभामा सहकारी संस्थाको आ ब २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, संगठानीक प्रतिवेदन, आर्थिक प्रतिवेदन र आव २०७९/०८० को कार्ययोजना प्रस्तुति संस्थाको व्यवस्थापक राजकुमार तुम्बापोले गरेका थिए ।

सहकारी संस्थामा ७ सय ७६ सेयर सदस्य रहेका छन । यो आवमा दुई करोड दुई लाख त्रिसठ्ठी हजारको कारोबार भएको छ । फिदिम नगरपालिकाले सहकारीहरुको संगठनिक, प्रशासनिक रुपमा सक्षम र पारदर्शी सहकारीको बनाउने प्रक्रियाहरु शुरु गरेको छ । संघीय संरचना अनुसार सहकारीहरुमा रहेको अन्योलता हटाउन बिगत १ बर्षबाट सहकारी को गतिबिधि हरु संचालन गरि सहकारीको दिगोपन हुने खालका कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिका सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले बताइन् ।

सिवाकोटीले कार्यक्रममा सहकारीहरु निति नियममा नचलेको कारण समस्याहरु सृजना भएको । सञ्चालक,सेयर सदस्यहरु मध्ये धेरै चाहि सजिलै पैसा चलाउन पाइने हिसाबले मात्र सहकारीमा सदस्य बनेका कारण सहकारीको शाख खस्किएको बताइन् ।

सहकारी संस्थाको वार्षिक साधारणसभाबाट अध्यक्ष बैदेशिक रोजगारीमा गएको कारण उक्त पदमा सभाबाट संस्थाको उपाध्यक्ष पुन्य प्रसाद ढुंगेललाइ अध्यक्ष पदमा र पुर्ण राइलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरिएको छ ।
कार्यक्रमको स्वागत मन्तव्य लेखा समितिको संयोजक जसोदा कन्दङवाले गरेकि थिइन । कार्यक्रममा संस्थाका सचिव खड्गबहादुर राइले पनि मन्तब्य राखेका थिए ।

प्रतिक्रिया