सयपत्रीद्वारा दुई दम्पती श्रष्टालाई सम्मान

काभ्रे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा सयपत्री प्रतिष्ठानले दुई दम्पती श्रष्टालाई सम्मान गरेको छ । काभ्रेको जनागालमा २०५१ सालमा स्थापना भएको सो साहित्यक प्रतिष्ठानले सयपत्री राष्ट्रिय सम्मान २०७९ बाट बरिष्ठ लेखक साहित्यकार स्नेह सायमी, उनकी श्रीमती लक्ष्मी माली र बरिष्ठ चिकित्सक तथा साहित्यकार डा. सुमनराज ताम्राकार, उनकी श्रीमती चण्डेश्वरी श्रेष्ठ ताम्राकारलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । कार्यक्रममा बिशेष अतिथि बरिष्ठ लेखक तथा साहित्यकार प्रा.डा द्वय रामप्रसाद दाहाल र जीवेन्द्रदेव गिरी थिए ।

कार्यक्रममा सभापतित्व गर्दै सम्मानबारे बरिष्ठ साहित्यकार मोहन दुवालले सम्मानित श्रष्टाहरुको जीवनी र योगदानको चर्चा गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा न १० का वडाध्यक्ष चन्द्रबहादुर खड्का प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ रेडक्रसका यादव थापा, महेन्द्र विष्ट, डा. श्याम भट्टराई, त्रिरत्न रंजितकार स्थानिय श्रष्टाहरु लगायत उपस्थिति थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शुसिला श्रेष्ठ र मञ्जु तिमल्सिनाले उपस्थितहरुलाई फुलमालाले स्वागत गरेका थिए ।

कार्यक्रममा भर्खरै मात्रै निधन भएका संस्कृतविद् सत्यमोहन जोशी र संस्थाका संस्थापक अध्यक्ष कृष्णकुमार केसीको तश्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । साहित्यकार रामसुन्दर देउजाले सञ्चालन गरेको कार्यक्रममा लक्ष्मी प्रसाद देवकोटाको योगदान र उनले खेलेको भूमिका माथी चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा उपस्थित आधा दर्जन काभ्रेका श्रष्टाहरुले कविता तथा रचना वाचन गरेका थिए । सयपत्रीले २०५७ बाट हालसम्म ६० जना श्रष्टाहरुलाई सम्मान गरिसकेको र भावी दिनमा पनि योगदान पुराईरहेका श्रष्टाहरुको छनोट गरी सम्मान कार्यक्रम जारी राखीने आयोजकले जनाएको छ । दम्पत्ती श्रष्टालाई सम्मान कार्यक्रम भने ०७४ बाट गरिँदै आएको बताइएको छ ।

प्रतिक्रिया