अधिकारीद्वारा निर्देशित ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक

काठमाडौं । रंग पत्रकारितामा कलम चलाउँदै आएका भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सिरियलको प्रोमो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको निर्देशक अधिकारीले बताए । उक्त ट्रेलरमा राजनीतिक विषयवस्तुलाई अलिक बढी उठाउन खोजिएको उनको भनाइ छ । अरु बेला नेताले गाउँ विर्षने तर चुनावको समयमा गाउँ पस्ने कुरालाई व्यङ्ग्य गरिएको छ ।

निर्देशक भोलाले भने, ‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ, त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो ।’ भोलाले थोरै कलाकार राखेर सिरियललाई निरन्तरता दिने बताए । यसअघि यही टिमका भोला र ज्ञानेन्द्र कोइरालाले रमाइलो टेलिभिजनको ‘तितो पिरो’मा सँगै काम गरेका थिए ।

सिरियलमा ‘ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गितु पराजुली, अर्जन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइराला लगायतको अभिनय रहेको छ । सिरियललाई समिर राईले खिचेका हुन् भने सम्पादन ज्ञानेन्द्र कोइरालाकै रहेको छ ।

सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गितुले सम्हालेका छन् । यो सिरियल एक वर्ष अघि नै निर्माण भएको भोलाले जानकारी दिए । तर, विभिन्न कारणले गर्दा रिलिज हुन नसकेको उनको भनाइ छ ।

https://www.youtube.com/embed/KIyHYTVH8Ys

प्रतिक्रिया