गुराँसमा ‘मेरो पहिलो बच्चा कक्षा’

दैलेख । दैलेखको गुराँस गाउँपालिकाका विभिन्न टोलहरूमा ‘मेरो पहिलो बच्चा कक्षा’ कार्यक्रम सञ्चालन गरिएको छ ।
यहाँको ठाटी, दोवाटो, खनारा, गर्चा र पाल्ते दुवाचौरमा सञ्चालित कक्षा कार्यक्रम शनिबार सम्पन्न गरिुएको छ । २० हप्तासम्म सञ्चालन उक्त कक्षा सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत सञ्चालन गरिएको हो ।

किशोरकिशोरीहरूले उमेर नपुगी गर्ने विवाहमा न्यूनीकरण गर्ने, आमा र बच्चाको स्वास्थ्यका लागि परिवार नियोजनका साधनहरूको बारेमा जानकारी गराउने र नवविवाहित किशोरीको जीवनमा हुने परिवर्तनका बारेमा किशोरीहरूको क्षमता विकास गर्ने उद्देश्यले मेरो पहिलो बच्चासम्बन्धी समुदायस्तरीय कक्षा २० हप्तासम्म सञ्चालन गरिएको सहयात्रा दोस्रो परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार कक्षामा किशोरावस्थामा प्रजनन स्वास्थ्यको महत्व, महिनावारी, उर्वरता विधि तथा गर्भ कसरी रहन्छ, गर्भावस्थामा खतराका संकेतहरू, बच्चा जन्माउनका लागि गर्नुपर्ने तयारी, गर्भावस्थामा हुने भावनात्मक परिवर्तन र व्यवस्थापन गर्ने प्रक्रिया, नवजात शिशुमा देखा पर्ने खतराका चिन्ह, नवजात शिशुको हेरचाह, स्तनपान, यौन तथा प्रजनन अधिकार लगायतका विषयमा २० हप्तासम्म छलफल गरिएको थियो ।

कक्षा समापन समारोहमा बोल्दै गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दीपेन्द्र ओलीले बालविवाह नगर होइन, उमेर पुगेपछि मात्रै विवाह गर भन्ने सकारात्मक सन्देश दिनुपर्नेे बताए । ‘हरेक बालबालिकालाई कलिलो उमेरदेखि नै सकारात्मक सोचको विकास गर्न आवश्यक छ, हामी नकारात्मताबाट सुरुआत गर्छाैं त्यो राम्रो अभ्यास होइन’, वडाध्यक्ष ओलीले भने ‘तपाईंहरू अब कक्षाका सहभागी होइन् अभिायन्ता हो, अभियन्ताले समाजमा देखिने गरी परिवर्तन गर्नुपर्छ जुन तपाईंहरूबाट सम्भव छ, आफ्ना साथीहरूलाई उमेर पुगेपछि मात्रै विवाह गर्नुपर्छ भनेर तपाईंहरूले प्रोत्साहन गर्नुहोस् ।’

उमेर पुगेपछि विवाह गर्दाका फाइदा र बेफाइदाहरूको बारेमा आपूmले सिकेको कुरा अभियन्ताहरूले अरूलाई सिकाउनुपर्ने वडाध्यक्ष ओलीको भनाइ छ । ‘हामी स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरण गर्न तयार छौँ, चालु आर्थिक वर्षमा अभियानमूलक कार्यक्रममा प्रर्याप्त बजेट नभए पनि आगामी दिनमा बालविवाह न्यूनीकरण गर्नका लागि प्रर्याप्त बजेटको व्यवस्था गरिनेछ, आज तपाईंहरू सबै २० वर्षमुनिको हुनुहुन्छ, आगामी १० वर्षपछि तपार्इंहरूजस्तै अर्काे नयाँ पुस्ता २० वर्षमुनिको हुनेछ, स्थानीय सरकारले बनाउने योजना त्यो पुस्ताका लागि हो जुन पुस्ता परिवर्तन गर्न आवश्यक छ, तपाईंहरू किशोरकिशोरी लक्षित योजना तथा कार्यक्रम तयार गर्नुहोस् स्थानीय सरकार लगानी गर्न प्रतिवद्ध छ’, वडाध्यक्ष ओलीले भने ।

सकेसम्म कलिलै उमेरमा विवाह नगर, विवाह गरेपछि बच्चा ढिलो जन्माउ र बच्चा जन्माइसकेपछि राम्रोसँग हुर्काउ भन्ने सन्देश मेरो पहिलो कक्षाले दिएको सोसेक नेपालका बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए । परिवार नियोजनका अस्थायी साधनहरूको बारेमा जानकारी नपाएकै कारण अधिकांश किशोरीहरूको स्वास्थ्य खराबजनक अवस्थामा रहेको उनको भनाइ थियो । परिवार नियोजनका साधनको प्रयोगले किशोरीको स्वास्थ्यलाई सुरक्षित गर्नुका साथै बालविवाह घटाउन पनि सहयोग गर्ने अधिकारीले बताए ।

यौनलाई खुल्ला रूपमा छलफल गर्न स्वीकार नगर्ने हाम्रो बन्द संस्कारका कारण यौनजन्य घटनाहरूमा वृद्धि भइरहेको अधिकारीको भनाइ छ । ‘किशोरावस्थामा आउने शारीरिक परिवर्तन स्वभाविक हो, यो उमेरमा यौन उत्तेजनाहरू आउने गर्छन्, त्यस्ता यौन उत्तेजनाहरूलाई व्यवस्थापन गर्न नजानेका कारण बालविवाहजस्तो भयानक समस्या समाजमा सिजना हुन्छ’, अधिकारीले भने ।
मेरो पहिलो बच्चा कार्यक्रम मान्छेको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उनको भनाइ छ । ‘व्यवहार परिवर्तन छोटो समयमा हुने कुरा होइन्, यो लामो समय लाग्न सक्छ, तर यो कार्यक्रम हरेक व्यक्तिको जीवनशैलीसँग जोडिएकाले सहभागीहरूका लागि महत्वपूर्ण छ’, उनले भने ।

प्रतिक्रिया