बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने

काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैकठले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया