ईलाका प्रहरी कार्यालय कालिकामाईको भवन उद्घाटन

पर्सा । ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको कार्यालय भवनको उद्घाटन गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद आलम खाँ ले आज नव निर्मित भवनको उद्घाटन गरे । पर्साको कालिकामाई गाउँपालिकाको बिरंचीबर्वामा निर्माण भएको ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।

संघीय सरकारबाट २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँ रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, थुनुवा कोठा, ब्यारेक, शौचालय, पुरुष र महिलाको लागि अलग–अलग हिरासत कक्ष, प्रमुखको कोठा, कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक खाँ ले भने, ‘ प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिन चाहन्छु ।’

पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकोले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उनले बताए । उनले भने, ‘मधेश प्रदेश भारतसँग जोडिएक्को सिमा नाका हो, खुला सिमाको फाइदा गलत मान्छेहरुले सक्ने भएकोले सिमा नाकामा अपराध र चोरी तस्करी नियन्त्रण गर्नमा हामी निरन्तर लागेका छौं ।’

कार्यक्रममा कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ता, जिल्ला प्रसाशन कार्यालय पर्साका सहयक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल, नेपाली सेना प्रमुख दयान्नद कार्की, पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेजप्रकाश पोख्रेल, अनुसन्धानका सहायक प्रमुख दिपक खडका, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ईप्रका पोखरियाका प्रनि आयुषप्रसाद जोशीलगाएतले मन्तब्य राखेका थिए ।

उद्वघाटन कार्यक्रममा वडा अध्यक्ष जयनारयण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह, लालबाबु चौरसिया, पूर्व वडाध्क्ष पवन तिवारीलगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया