गल्फ लुब्रिकेन्ट्सद्धारा कार र मोटरसाइकलको निशुल्क परिक्षण

काठमाडौ । गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आआफ्नो घर आउने यात्रुलाई लक्षित गर्दैचार पांग्रे र दुइ पांग्रे सवारी साधनमा निशुल्क परिक्षण क्याम्प आयोजना गर्ने भएको छ । असोज १३ देखि १५ सम्म सो क्याम्प आयोजना हुनेछ । कम्पनीका अनुसार दशैंको अवसरमा धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कने हुदा उक्त यात्रा आरामदायी बनाउन गल्फ लुव्रिकेन्टसले महत्पुर्ण ठाउँ पहिचान गरी निशुल्क परिक्षण गर्न लागेको हो ।

मलेखु, हेटौडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा चम्प स्थापना गरिएको छ । सो चम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशत सम्म छुट र स्पेयर पार्ट्समा १० सम्म छुट पनि दिइने उल्लेख छ । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया