कुमारीपाटीमा मञ्जुश्री फाईनान्सको शाखा

काठमाडौ । मञ्जुश्री फाईनान्स लिमिटेडले ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा शाखा विस्तार गरेको छ । यो फाइनान्सको २७ औं शाखा हो । फाईनान्सका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्ष इन्दिरा पण्डित घिमिरेले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

चालु आर्थिक बर्षको भदौ मसान्त सम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले ११ दशमलव ५२ अर्ब निक्षेप संकलन गरि १० दशमलब ८८ अर्ब कर्जा परिचालन गरेको छ । यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया