‘द भ्वाइस’अमेरिकामा नेपाली मुलकी परिजिताकाे तहल्का

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले गायन रियालिटी शो द भ्वाइसको अमेरिकी संस्करणमा लोभलाग्दो प्रस्तुति दिएकी छन् । नेपाली समयानुसार बुधबार बिहान भएको शोमा उनले पहिलो गायकी प्रस्तुति दिएकी छन् ।

तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाउँदै उनले चारैजना जजलाई मन्त्रमुग्ध मात्र पारिनन्, उनीहरुलाई आफूतिर आकर्षित पारिन् । चारैजना निर्णायकले उनको गायकीको प्रशंसा गरे । साथै, सहकार्य गर्न पाएकोमा सम्मानित महसुस भएको पनि बताए ।

जज क्यामिलाया केबेलोले परिजिताले आफ्नो मनपर्नेमध्येको गीत गाएको भन्दै प्रशंसा गरिन् । १७ वर्षीया परिजिताले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला लगाइदिएकी थिइन् ।

प्रतिक्रिया