अकालमा ज्यान जाने कारण : बाढी–पहिरो र वायु प्रदुषण

निनाम लोवात्ती

नेपाली मिडियाहरूका लागि विश्वमा भइरहेको वा भएको जलवायु परिवर्तन, सहर–बजारमा बढेको वायु प्रदुषण, बाढी, पहिरो, हावा, हुरी–बतास, बेमौसममा समुन्द्रमा आउने आँधी, वनमा लाग्ने बेमौसमको डढेलो, सुक्खापन, हिमपहिरो, हिमताल फुट्ने समस्या, जमिन फाट्ने समस्या आदिका कारण कमी हुँदै गएको उब्जनी र मानवीय क्षति कुनै समस्या नै होइनन् कि जस्तो देखिन्छ । यस्ता विषयमा समाचार दिनु, लेख रचना छाप्नु, फिचर लेख्नुभन्दा त नेपालको ‘गन्धा राजनीतिकै विषय !’ एकोहोरो सुगा रटाई गरेर समाचार दिने, लेख रचनाको मूल विषय बनाउने, आलेख छाप्ने फिचर लेख्ने गरेको देखिन्छ ।

हुन त नेपालका मिडियामा जलवायु परिवर्तन, वायु प्रदुषण, बेमौसममा आउने बाढी, पहिरो, हावा, हुरी–बतास, समुन्द्री आँधी, डढेलो, सुक्खापन, हिमपहिरो, हिमताल फुट्ने समस्या, जमिन फाट्ने समस्या आदिका बारे त्यति महत्व पाएको जस्तो लाग्दैन, देखिँदैन । त्यसो भएपछि जलवायु परिवर्तन, वायु प्रदुषण, बाढी, पहिरो, हावा, हुरी–बतास, समुन्द्री आँधी, डढेलो, सुक्खापन, हिमपहिरो, हिमताल फुट्ने समस्या, जमिन फाट्ने समस्या आदिका कारण हुने मानवीय क्षतिबारे नेपाली मिडियमा समाचार, आलेख, लेख, रचना, फिचर आदि पनि खासै आउँदैन ।

नेपाली मिडियाहरूका लागि विश्वमा भइरहेको वा भएको जलवायु परिवर्तन, सहर–बजारमा बढेको वायु प्रदुषण, बाढी, पहिरो, हावा, हुरी–बतास, बेमौसममा समुन्द्रमा आउने आँधी, वनमा लाग्ने बेमौसमको डढेलो, सुक्खापन, हिमपहिरो, हिमताल फुट्ने समस्या, जमिन फाट्ने समस्या आदिका कारण कमी हुँदै गएको उब्जनी र मानवीय क्षति कुनै समस्या नै होइनन् कि जस्तो देखिन्छ । यस्ता विषयमा समाचार दिनु, लेख रचना छाप्नु, फिचर लेख्नुभन्दा त नेपालको ‘गन्धा राजनीतिकै विषय !’ एकोहोरो सुगा रटाई गरेर समाचार दिने, लेख रचनाको मूल विषय बनाउने, आलेख छाप्ने फिचर लेख्ने गरेको देखिन्छ ।

जस्तो कि यहाँ एक उदाहरण दिनु पर्दा गत १८ साउनमा सप्तकोसी नदीमा आएको बाढीले कोसी टप्पु क्षेत्रमा बसोबास गरिरहेका २० हजार मानिसहरू प्रभावित भएको भनी विभिन्न सञ्चारमाध्यममा समाचारसम्म आएको थियो । तर, अचम्म के भने, सो समाचार सुरुमा केही न केही दैनिक, साप्ताहिक, अनलाइन, एफएम, टेलिभिजन आदिले समाचार छापे पनि, प्रशारण गरे तापनि पछि विस्तारै सो सम्बन्धमा समाचार आउनै छाड्यो, समाचार प्रशारण हुनै छाड्यो । त्यो वेला समाचारमा जनाइएअनुसार सुरुमा बाढी प्रभावितहरू सुरक्षित क्षेत्रमा सरेका थिए । तर, सो क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षणले आप्mनो बनाउने वा भनौँ हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढी पीडितहरू तुरुन्तै फेरि साविक ठाउँमै आएर बस्न थालेको भन्नेसम्म समाचार पनि आएको थियो । तर, त्यसपछि के भयो ? समाचार आउनै छाड्यो ।

जे भए पनि सो घटनाले मान्छेहरू आप्mनो ज्यानभन्दा चल–अचल सम्पत्ति जस्तै घर, जग्गा र जमीन, पशु, पंक्षी आदिकै लोभमा परेर मर्ने रहेछन् ! किनभने, उनीहरू बाढीको प्रवाह कम नहुँदै हल्ला सुन्ने बित्तिकै सोही क्षेत्रमा फर्कनु भनेको आप्mनो चल–अचल सम्पत्तिको लोभमा मर्न तयार रहेछन् ! भन्ने नै देखाएको हो । जे होस्, सो वेलाको समाचारअनुसार सप्तकोसीमा आएको बाढीले लगभग २० हजार मानिसहरू प्रभावित भएका थिए भने, उदयपुर, सुनसरी र सप्तरी जिल्ला तीनैैतर्पm गरेर पाँच हजार घरपरिवार बढी प्रभावित भएको भन्ने समाचारमा जनाइएको थियो । त्यसमा सबैभन्दा धेरैचाहिँ उदयपुर जिल्लाको बेलका नगरपालिकाका जनता प्रभावित भएका थिए । हुन त नेपालमा अहिले पानी पर्ने (बर्खाको समय) सिजन सकिनै आँटेको छ । तापनि अभैm केही दिन पानी पर्ने क्रम जारी रहने भनी मौसमविदहरूको भनाइ रहेको छ ।

जे होस्, पछिल्लोपटक लगातार रूपमा असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायिकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावाहुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुई मत छैन । त्यसो त भर्खरै युरोपका विभिन्न देशहरू जस्तै स्पेन, बेलायत, फ्रान्स, इटली आदि देशमा अत्यधिक गर्मीका कारण धेरै मानिसहरूले अकालमै ज्यान गुमाएका थिए । हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायिकमा रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावाहुन्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने क्रमका बारे कुरो गर्दा ०७७ को पुस–माघ महिना ताका नेपालको केन्द्रीय राजधानी कठमाडौंमा लगातार तीन दिनसम्म कुहिरो, हुस्सु अथवा भनौँ तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । घाम नलागेको मात्रै होइन, हावा पनि चलेन । ‘बाउल÷कचौरा’ आकारको काठमाडांै उपत्यकालाई अरू समयमा भन्दा बढी वायु प्रदुषणले च्यापेको थियो । चिसो पनि सामान्य अवस्थाभन्दा अत्यधिक बढेको थियो ।

त्यस्तै यो वर्ष पनि मनसुन कहिले रोकिने हो ? टुंगो छैन !

उता विश्व स्वास्थ्य संगठन÷वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ) ले गत वर्ष प्रकाशित गरेको वायु प्रदुषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसहरूले अल्पायुमै आप्mनो अमूल्य जीवन गुमाइरहेका छन् । वायु प्रदुषणका प्रमुख कारणहरूमा औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौ विश्वकै ५० प्रदुषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो÷छ ! सो समयमा डा.माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाडौंको रत्नपार्कमा ३ सय ७१, ललितपुरको भैंसेपाटीमा ३ सय २९ र भक्तपुरमा २ सय १६, चितवनको सौराहामा २ सय १० अंक रहेको थियो, गत वर्ष । जबकि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि सयसम्म सामान्य हो भने, २ सय १ भन्दा माथि अस्वस्थ्यकर हो । साथै ३ सय १ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, ती सबै ठाऊँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

माथि एक प्रसंगमा वायु प्रदुषण बढ्नुमा उद्योग–धन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भनिए तापनि नेपाल जस्ता अविकशित र अल्प विकशित देशहरूमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पूरानो बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडीहरू अझै पनि चल्न दिनु (करको लोभमा) यसरी पुरानो (३०, ३५, ४०) ः बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडी चलाउनेहरूका अनसुार यस्तो सवारी साधनमा सरकारले बढी कर लिइरहेको छ । साथै युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरू, धेरैजसो नेपालीको घरमा भात–भान्सा तयार गर्न काठ–दाउराको प्रयोग गर्ने, गोबरको गुइँठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रूपमा प्रयोग गर्ने गर्नाले पनि हो ।


गएको केही वर्षदेखि विश्वका धेरै देशहरू जस्तै चीन, अस्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानडा लगायतका देशमा कैयाैं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको देखन्छ । यसरी धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण पनि बढ्दो क्रम रहेको देखन्छ । त्यसैले यसको असर कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विषयविज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविदलगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् । त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र, यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ? भन्ने विषयमा मतैक्य हुन सकेको छैन ।

त्यसैले जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै अर्को मुख्य समस्याको रूपमा रहेको वायु प्रदुषणका कारण आउने दीर्घकालीन असरहरू कम गर्न नसके अबको ५० वर्षमा अरू कुरोहरू त संकटमा पर्ने नै छ, साथसाथै कञ्चन, स्वच्छ र शुद्ध खाने (पिउने !) पानीको संकटका साथै खाद्यान्न संकटको पनि ठूलै समस्या आइपर्नेछ, मानवका लागि ।

प्रतिक्रिया