सहकारीलाई शसक्तिकरण गरिनेछ : मन्त्री सरावगी

पाँचथर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश १ का मन्त्री ओम प्रकाश सरावगीले सहकारीहरुको सशक्तिकरण गर्ने बताएका छन् । फिदिम नगरपालिकाको आयोजनामा सञ्चालन भएको सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रदेशमा मन्त्रालय भर्खर विभाजन भएको कारण बजेट बिभाजन भएको छ । प्रदेशबाट स्थानीय तहको सहकारी शाखा कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्ने र स्थानीय तहहरुले सहकारी शाखाको दक्ष जनशक्तिलाई अन्य शाखा परिवर्तन नगर्ने, स्थानीय तह र सहकारी संस्थाहरुले मन्त्रालयबाट प्रस्ताव आव्हान सूचना गरे पश्चात प्रस्ताव पेश गर्न आव्हान गर्दछु ।’
सहकारीहरुको अनुगमन नियमित नभएको कारण बिकृति विसंगतिका घटना बढन थालेको मन्त्री सरावगीले उल्लेख गरे ।

संघीय संरचना कार्यान्वयनमा जाँदा सहकारी डिभिजन कार्यालयहरु समेत स्थानीय तहमा समायोजन भएका थिए । स्थानीय तहमा समायोजन पश्चात फिदिम नगरपालिकामा हालसम्म १० वटा सहकारी दर्ता भएका र डिभिजनले हस्तान्तरण गरेका ५० वटा गरि ६० वटा सहकारी फिदिम नगरपालिका मातहतमा रहेको सहकारी शाखा प्रमुख सरस्वती सिवाकोटीले बताइन् ।

पाँचथर जिल्लाको सहकारी जिल्ला संघ, बिषयगत संघ र सहकारी संस्थाहरुको बारेमा जिल्ला सहकारी संघ अध्यक्ष रेणुप्रसाद ओझाले प्रस्तुतिकरण गरेका थिए । पाँचथरमा ३८० सहकारी रहेको, बिषयगत संघ ५ वटा रहेका छन् ।

ग्रामीण सहकारीहरुलाइ मध्यनजर नगरि सहकारी बिभागले कोपोमिस अनलाईन रिपोर्टिङ जबर्जस्ती थोपरेको कारण कार्यान्वयन गर्न असहज भएको उनले रेणुप्रसाद ओझाले बताए । भनेको बेला युजर नेम र पासवर्ड पाउन कठिन भएको बिषेश गरि गाउँपालिका र प्रदेश अन्तरगत नियमनमा रहेका सहकारीहरुमा समस्या भएको उनले उल्लेख गरे ।

सहकारी शाखा हेर्ने छुट्टै कर्मचारीको व्यवस्था गर्न माग सहकारीकर्मीले गरेका थिए । फिदिम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले आन्तरिक आम्दानी कम रहेकोले प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । सहकारीहरुको क्षमता बिकास गर्दै सक्षम सहकारी बनाउन फिदिम नगरपालिका सदैव प्रतिवद्ध रहेको नगर प्रमुख मित्र प्रसाद काफ्लेले जनाए । कार्यक्रममा बिभिन्न सहकारी संघ संस्थाहरुका पदाधिकारीहरुले आआफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया