श्रीलालीगुराँस र स्टार सहकारीबीच एकिकरण सम्झौता

काठमाडौ । ललितपुर महानगरपालिका–३ स्थित श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ललितपुर महानगरपालिका–५ कुमारीपाटी स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबीच एकिकरण गर्ने प्ररम्भीक सम्झौता भएको छ ।

बिहीबार दुई संस्थाका अध्यक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा लालीगुँरास सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ र स्टार बचत सहकारीका अध्यक्ष दिनेश राईबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सहकारी ऐन –२०७४ , नियमावली –२०७५ र सहकारी संस्थाको एकिकरण तथा विभाजन निर्देशिका –२०७७ को अधिनमा रही एकिकरण सम्झौता भएको उल्लेख गरिएको छ । सम्झौता पत्रमा दुई सहकारी एकिकरण गर्न संयोजन कार्यदल गठन भएको उल्लेख छ । कार्यदलमा लालीगुँरास सहकारीका अध्यक्ष श्रेष्ठ, ऋण उपसमितिका सदस्य अञ्जु उप्रेती र चाटर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैरे रहेका छन ।

त्यस्तै स्टार सहकारीको तर्फबाट उपाध्यक्ष श्रद्धा शाक्य र चाटर्ड एकाउन्टेन्ट प्रयास श्रेष्ठ रहेका छन । सम्झौता लगत्तै दुई सहकारीको मर्जर प्रकृया शुरुवात भएको छ ।

प्रतिक्रिया