सांस्कृतिक पहिचानलाई एमालेले सधै अङ्गालेको छ : पूर्वमन्त्री अर्याल

स्याङ्जा । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा कुमारी अर्यालले सांस्कृतिक तथा जातीय पहिचान स्थापित हुन आवश्यक रहेको बताएकी छन् ।

चापाकोट मगर समाज भवनको उद्घाटन गर्दै सचिव अर्यालले सांस्कृतिक पहिचान सुदृढ बनाउन नेकपा एमाले कहिले पनि नजर अन्दाज गर्न नसक्ने बताइन् ।

चापाकोट बासीलाई सम्बोधन गर्दै अर्यालले आफ्नो कार्यकालमा नेपालको सीमा सुरक्षा, सांस्कृतिक पहिचान जगेर्नालगायतका जिम्मेवारीमा आँफू कहीँ कतै नचुकेको बताइन् ।

औद्योगिक ग्राम, बसपार्क, सिटी हल, सडक, मगर समाज हल, प्राविधिक शिक्षालय, पुल, पालिका भवन , इलाका प्रहरी कार्यालय , विद्यालय भवन, सहकारी भवन,गुप्त स्मृति भवन लगाएतमा आफ्नो भूमिका रहेको अर्यालको भनाई थियो ।

स्थानीय सरकारको समेत सहकार्य भएको भए थप विकास हुने बताउँदै अर्यालले भनिन् , ‘स्थानीय सरकारसँग सहकार्य हुन नसक्दा चापाकोट मा विकासको अभूतपूर्व लहर रहने मौका चुक्यो ।’

यस्तै, विश्व शान्ति दिवसको अवसरमा चापाकोट ९ मा गुप्त स्मृति भवनको उद्घाटन गर्दै अर्यालले अब विगतमा जस्तो द्वन्द्व नेपालीहरुले सामना गर्नु नपर्ने बताइन् । उनले भनिन् ,‘मुलुक शान्ति प्रक्रियामा अघि बढेको छ, दश वर्षे सशस्त्र द्वन्द्व नेपाली जनताले भोग्नु पर्दैन । ’

सशस्त्र द्वन्द्वको बेला गुप्तबहादुर विश्वकर्मालाई विसं २०५८ कार्तिक १७ गते माओवादीद्वरा पीडादायी यातना दिइ हत्या गरिएको थियो । गंगालाल माविको माध्यमिक तहको विज्ञान शिक्षक रहेका विश्वकर्मा दलित मुक्ति आन्दोलनको अग्रणी व्यत्तित्व थिए ।

रेक वर्ष सेप्टेम्बर २१ विश्व शान्ति दिवस मनाउने गरिन्छ । नेपालमा भने विसं २०६५ सालदेखि आजकै दिनलाई शान्ति दिवसको रुपमा मनाइँदै आएको छ ।

खासगरी १२ वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवातको खुशीयालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ । सोही अवसरमा पूर्वमन्त्री अर्यालले किसान प्राविधिक शिक्षालयको र सिटीहलको निरीक्षण समेत गरीन् ।

को हुन् गुप्त ?

निम्न वर्गीय दलित परिवारमा जन्मिएका गुप्तबहादुर विश्वकर्मा शैक्षिक हिसाबले शिक्षक थिए । सामुदायको लागि अगुवा समाजसेवी थिए । दलित परिवारको लागि दलित मुक्ति आन्दोलनको अग्रणी नेता थिए ।

नेकपा एमालेका तत्कालीन चापाकोट पार्टी« सचिव समेत रहेका विश्वकर्मालाई ४० वर्षको उमेरमा २०५८ कार्तिक १७ गते बर्माले छेँडेर चापकोटमा नै हत्या गरिएको थियो । दर्दनाक र कहालीलाग्दो उक्त घटनालाई चापकोटबासीले अहिले सम्म बिर्सिन सकेका छैनन् ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया