चितवन । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगको संक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर– १ का २७ वर्षीय युवक रहेका छन् ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगु संक्रमणका पुष्टि भएर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
अध्ययनका क्रममा काठमाडौं बस्दै आएका युवकमा ज्वरोका कारण पुरानो मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लामा हालसम्म चार सय २९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । दुई हजार आठ सय ७७ जनाको नमूना परीक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामीमध्ये ६२ जनाको ठेगाना नखुलेको र एक सय छ जिल्ला बाहिरका छन् ।
प्रतिक्रिया