एनआईसी एशियाको भिडियो केवाइसी सेवा

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको शुभारम्भ गरेको छ । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । बैंकको वेबसाइट मार्फत अनलाइन बाट खाता खोल्दा ग्राहकलाई केवाइसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको बैकले जनाएको छ ।

यसमा ग्राहकले आफनो केवाइसी पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ । भिडिया केवाइसी मार्फत आफ्नो केवाइसी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सकिे पनि बैकले जनाएको छ ।

ग्राहकहरुले भिडियो केवाइसीको लागि आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र तथा सेतो कागज र कालो,निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्ने पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया