फरार प्रतिवादी लागु औषधसहित पक्राउ

लमजुङ । लमजुङ प्रहरीले लागुऔषधसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका– ५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

चोरी मुद्दामा २ वर्ष अगासड फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका– ९ भोटेओडारबाट बिहीबार पक्राउ गरेको हो ।

लागुऔषध गाँजा लिएर हिँडेको भन्ने विशेष सुराकको आधारमा ईलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले गुरुङको साथबाट १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ ।

प्रतिवादी गुरुङ चोरी मुद्दामा २ वर्षदेखि फरार थिए । चोरी मुद्दामा अदालतको फैसला अनुसार निजले २ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना भुक्तान बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेका गुरुङलाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट सात दिन म्याद थप गरी लागुऔषध (गाँजा) मुद्दामा अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया