दशैँको मुखमा विष्णु खत्रीले ल्याए ‘उडी जाने जहाज’

काठमाडौं । लोकदोहोरी गायक विष्णु खत्रीले आउँदै गरेको महान् चाड बडा दशैँको छेको पारेर ‘उडी जाने जहाज’ बोलको नयाँ गीत ल्याएका छन् ।

उनको र बालगायक सुप्रिम मल्ल ठकुरीको आवाज रहेको उक्त गीतको भिडियो ‘विष्णु खत्री’ नामक युट्युब चयानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ । गीतको शब्दमा परदेशिएका नेपाली र उनीहरुनका परिवारको कथा वस्तु समावेश गरिएको छ ।

सो शब्द रचना र संगीत गायक खत्रीकै रहेको भने कृष्ण केसीले एरेन्ज गरेका हुन् । त्यस्तै उक्त गीतको भिडियोमा कलाकार स्मारिका ढकाल, सरिन केसीसँगै गायक खत्री समेत फिचर्ड छन् ।

भिडियोको निर्देशन पनि गायक खत्री आफैँले गरेका हुन् । प्रस्तुत गीत र भिडियोले सामाजिक यथार्थ चित्रण गरेको गायक खत्रीले बताए । प्रदेशमा रहेका बुवा दशैँमा घर आउने आशमा रहेका छोराको मनोभाव गीतको शब्दमा मुसमावेश छन् ।

गायक खत्रीका यसअघि ‘सुनको जलप’, ‘रिनै रिनको’, ‘दशैँ–तिहारसँगै मनाउँला’, ‘दशैँमा आउ प्यारा’लगायत दशैँ गीत बजारमा आइसकेका छन् ।

लामो समयदेखि गीत संगीतमा सक्रिय उनले दशैँ, तिहार, तीजजस्ता पर्वका मौलिक गीत पस्कँदै आएका छन् ।

प्रतिक्रिया