नेप्से घट्ने क्रम जारी

काठमाडौ । नेप्से परिसुचक घट्ने क्रम जारी रहेको छ । साताको दोश्रो दिन नेप्से परिसूचक ४ दशमलव २९ अंकले घटेर ओरालो लागेर १ हजार ९ सय ७३ दशमलव शुन्य १ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ८२ अंकले ओरालो लागेर ३ सय ८२ दशमलव ९५ मा झरेको छ । कुल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शेयर ९० करोड ९९ लाख ४ हजार सात सय ५१ बराबर मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । उत्पादन एक दशमलव ८७ र लघुवित्त दुई दशमलब पाँच अंकले उकालो लागेको छ । बैंकिङ एक दशमलव ३९, व्यापार ८, होटल तथा पर्यटन आठ दशमलव शून्य पाँच, विकास बैंक १० दशमलव ८३, जलविद्युत् ६ दशमलव एक, वित्त नौ दशमलव ८८, निर्जीवन बीमा चार दशमलव ३७, अन्य १५ दशमलव २१, जीवन बीमा पाँच दशमलव शून्य छ, सामूहिक लगानी कोष शून्य दशमलव १३ र लगानी शून्य दशमलव ३२ अंकले ओरालो लागेको छ ।

सोमबारको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब ३० अर्ब छ करोड ५५ लाख ७८ हजार तीन सय ७७ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ करोड ५९ लाख ७८ हजार छ सय ६४, नवील बैंक ४ करोड ५६ लाख ५५ हजार पाँचसय ८६, नेष्डो समृद्धि लघुवित्त २ करोड ८५ लाख सात हजार पाँच सय ५१ र नेपाल दूरसञ्चार कम्पनी २ करोड २३ लाख १७ हजार चार सय ६६ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया