चार्जिङ स्टेसनको जानकारी दिने मोबाइल एप सार्वजनिक

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्ने चार्जिङ स्टेसन पत्ता लगाउन सकिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक गरेको छ । हालै आफ्नो कार्यालयमा नै नयाँ चार्जिङ्ग स्टेशन राखेको प्राधिकरणले विभिन्न स्थानमा हुने विद्युतीय गाडीका चार्जिङ स्टेसनहरुको जानकारी थाहा पाउनेगरी प्राधिकरणले एप सञ्चालनमा ल्याएको हो । निसरहित चार्जिङ स्टेसनमा चार्जिङलाई सहज बनाउनका लागि यो एप ल्याइएको प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङले जानकारी दिए ।

यो मोबाइल एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ । एपमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कहाँ छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्नेछन् ।

एपबाटै क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गरी चार्ज गर्न सकिनेछ भने एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिनेछ । साथै सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि हेर्न सकिने सुबिधा रहेको छ ।

प्रतिक्रिया