अज्ञात समूहद्वारा गाउँपालिकाको कार्यालय तोडफोड

मुगु । जिल्लाको पूर्वी भेगमा पर्ने मुगुम कामारोङ गाउँपालिकाको कार्यालय तोडफोड भएको छ । गए राति अज्ञात समूहले गाउँपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालयका ढोका, झ्ययालका सिसा फोडिएका छन् भने सीसी क्यामारा समेत फुटाइएको छ । अज्ञात समूहले १० वटा झ्याल, मुलढोका, बत्तीका तार, सीसी क्यामेराका तार सबैमा तोडफोड गरेको र सभाहलमा प्रवेश गरि कुर्चिसमेत तोडफोड गरेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले बताए ।

अहिले घटनाको बारेमा प्रहरीले मुचुल्का उठाउँदै अनुसन्धान थालेको छ । सो घटनाको क्षेतिबारे त्यसपछि मात्रै थाहा हुने अधिकृत रावलको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार राति ११ बजेतिर एक जना व्यक्ति कार्यालयमा प्रवेश गरि तोडफोड गरेको देखिन्छ । सीसी क्यामेरामा एकजना व्यक्ति देखिएकाले अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया