तिजको रमाइलोमा दुई समूहबीच झडप : एक जनाको मृत्यु

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडप हुँदा एक
जनाको मृत्यु भएको छ ।

तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

‘स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ’, उनले भने, ‘मृतकको टाउकोमा गम्भीर चोट लागेको छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।’

प्रतिक्रिया