विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकदेखि अतिक्रमण हटाउनेसम्म

नगरप्रमुख हमालका १०० दिन

धनगढी । धनगढी उपमहानरपालिकाका नगरप्रमुख गोपाल हमालले एक सय दिनमा विकास निर्माण तथा सुशासनका विषयमा गरेका कार्यहरुको विवरण सार्वजनिक गरेका छन् । मंगलबार उपमहानगरपालिकाले वितेको एक सय दिनको कार्यकालको अवधीमा भएका प्रगतिको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएका हो ।

सो अवधीमा उपमहानगरनगरपालिकाका १९ वटै वडामा श्रावण १ गतेबाट सुरु गरेको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सेवाबाट हालसम्म ६ हजार ४ सय ७५ जनाले सेवा लिएको नगरप्रमुख गोपाल हमालले बताए । सो सेवा सञ्चालन गरेपछि जटिल रोगका बिरामीले निःशुल्क रुपमा सेवा पाउन थालेको बताउँदै उनले थप सेवा विस्तारका लागि उपमहानगरपालिका लागिपरेको बताए ।

त्यसैगरी फोहरमैला व्यवस्थापनका लागि उपमहानगरपालिकाले विशेषज्ञसँग सम्झैेता भएको तथा फोहर व्यवस्थापनका लागि कन्टेनरको व्यवस्था गरिरहेको प्रगति विवरणमा उल्लेख छ । त्यसैगरी उपमहानगरभित्रका सार्वजनिक खोला नालामा विगतौ वर्ष देखि भैरहेको अतिक्रमण हटाउन असार १ गते देखि वडा नं. ५ को सुकुटीनालाबाट प्रारम्भ गरिएको हमालले बताए ।

धनगढी–१ कैलाली पुल देखि वडा नं.८ क्याम्पस चौकसम्मको सडक विस्तारको लागि विस्तृत परियोजना प्रतिवेदन गर्ने कार्यको सुरुआत भएको,धनगढीको मुल समस्याकोरुपमा रहेको छाडा गाईगोरु व्यवस्थापनका लागि क्षेत्रगत हिसाबले देबरिया र रामपुरमा गौशाला व्यवस्थापनका लागि राष्ट्रिय गौ सेवा तथा संरक्षण समिति र इस्कोन नेपालसँग सम्झौता गरि कार्य प्रारभ्म गरेको,अव्यवस्थित किसिमले सडक सडक क्षेत्रमा राखिएका ठेललाई व्यवस्थि गर्न स्थान दिएको र सडक क्षेत्रबाट हटाइने गरी व्यवस्थापन सुरु गरिएको नगरप्रमुख हमालले बताए । नगर क्षेत्र भित्र सुर्तीजन्य पान पराग,गुट्खा लगायत प्लाष्टिकका झोलाहरुलाई विस्तापित गर्ने कार्यको थालनी गरेको लगायतका ४२ बुँदे कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया