सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका– १ चुरीकोइराबाट सोही वडाको लक्ष्मीपुर टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो सोमबार साँझ शारदा नगरपालिका– १० नयाँ गाउँ नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा कालिमाटी गाउँपालिका– १ लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया धनी पुन र अन्दाजी ७० वर्षीया कमला पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुवै जनाको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा लक्ष्मीपुरकी अन्दाजी ३० वर्षीया अमृता बपाल, उनको २ वर्षको छोरा अविषेकक बपाल २० वर्षीया अस्मिता पुन उनको ३ वर्षीय छोरा शुसान्त पुन, र अटो चालक १८ वर्षीय धनिराम बुढाथोकी रहेका छन् ।

घाइते सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था मध्यम रहेको खनालको भनाई छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

अटो सडकबाट करिब एक सय मिटर तल खसेको छ । यसअघि पनि अटो र्दुघटना हुँदा अटोमा सवार ५ जना घाइते भएका थिए ।

प्रतिक्रिया