नेप्से २ हजार भन्दा तल

काठमाडौं । नेप्से परिसुचक २ हजार अंक भन्दा तल झरेर १ हजार ९ सय ८९ दशमलव २६अंकमा झरेको छ । सेयर बजारमा वियरिस ट्रेन्ड देखिएपछि नेप्से २ हजार अंक भन्दा तल झरेको हो । यो भन्दा अघि १ हजार ८ सय अंक सम्म बजार तल झरेरे नेप्से २ हजार २ सय अंकमा पुगेको थियो । मौद्रिक नीतिले सेयर बजार बढ्ने अपेक्षा गरेपनि बजारमा सुधार आउन सकेन ।

सेयर मूल्यमा ठुलो गिरावट आउँदा समेत सेयर खरिद तर्फको आकर्षण भने न्युन देखिएको छ । असार मसान्त सकिएर गत आर्थिक बर्षको लाभांस घोषणाको नजिक आउदा सम्म पनि सेयर बजारमा ओरालो यात्राको क्रम जारी नै रहेको छ । चाडपर्ब नजिकिन थालेपछि खर्च व्यवस्थापनमा साना लगानीकर्ता लागेका छन भने ठुला लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेका कारण बजारमा सुधार आउन सकेको छैन ।

अघिल्लो साता सुरुवाति कारोबारमा सामान्य उतारचढाव देखिएको थियो । तर, साताको अन्तिम कारोबार सम्म आउदा फराकिलो गिरावट आएको थियो । सेयर बजारको हरियाली दीगो नहुँदा दीर्घकालिन लगानीको विकल्पमा अल्पकालिन लगानी तर्फ केही लगानीकर्ता आकर्षित हुन थालेका छन । सेयर विश्लेषक विष्णु वस्यालले प्राविधिक रुपमा हेर्दा दीगो वृद्धिको संकेत नदेखिएको बताएका छ ।

अहिले पनि बैँक तथा बित्तीय क्षेत्रमा तरलता अभाव उच्च नै रहेको छ । केही वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) अहिले पनि ९० प्रतिशत नाघिसकेको छ । अर्थतन्त्रका बाह्य सूचकांकमा झिनो सुधार देखिएपनि आन्तरिक बजार खासै सुधार आउन सकेको छैन । लगानीयोग्य रकमको चरम अभावले पुँजी बजारमा लगानी भित्रिन सकेको छैन । यो संगै बैंकहरुले सेयर धितो कर्जालाई पनि सहज पार्न सकेको छैनन ।

लगानीकर्ताको मनिविज्ञान बजारप्रति सुधार हुन सकेको छैन । बजार घट्ने प्रक्षेपण हुँदा कम मूल्यमै बिक्री गरेर उम्किनेहरु बजारमा सक्रिय रहेको कारोवारले देखाएको छ । पुँजीबजार अनुकुल धितोपत्र बोर्डले चालेका कदमले समेत लगानीको विश्वशनिय वातावरण निर्माण गर्न सकेको छैन ।

३३ अंकले परिसचुक घट्यो

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा ३३ अंकले घटेको छ । गत साताभरमा ४५ दशमलव ६१ अंकले घटेर २ हजार २२ दशमलव ६२ विन्दुमा पुगेको बजार साताको पहिलो दिन १ हजार ९ सय ८९ दशमलव २६ मा झरेको हो ।

नेप्से १ दशलमव ६५ प्रतिशत तथा क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव शुन्य ५ घटेर ३ सय ८५ दशलमव ७० मा झरेको छ । नेप्से संगै २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १ सय ३ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता सेयर ४३ हजार ९ सय ७७ पटकमा खरिद बिक्री भएको छ । उप–समूहतर्फ म्यचुअल फण्ड बाहेक बाँकी समूहको सेयर मूल्य घटेको छ ।

घट्दो बजारमा कारोबार भएका ५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ८२ कम्पनीको सेयर मूल्य घटेको छ । राँधी विद्युत कम्पनी, एनएमबि हाइब्रिड फण्ड, एनआइबिएल प्रगती फण्ड,सिद्धार्थ इन्भेष्टमेन्ट, नबिल डिबेन्चर लगायतका कम्पनीको मुल्य बढेको छ ।

प्रतिक्रिया