राजेश र वर्षा फिचर्ड ‘प्रेमको परिभाषा'(भिडियो)

काठमाडौं । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा बीबी थापाको शब्द रहेको छ, भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो ।

यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु पस्किदै जाने गायक राणाले बताएका छन् ।

प्रतिक्रिया