नागरिकको समस्या समाधानमा जुट्दै नगरप्रमुख भाम (फोटोफिचर)

मुगु । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम यतिबेला हरेक दिन नागरिकका समस्या समाधानमा लागिपरेका छन् ।

गएको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा छायाँनाथ रारा नगरपालिकाको नप्रमुखमा विजयी भएसँगै नगरप्रमुख भाम हरेक दिन नागरिकको समस्या समधान गर्न लागिपरेका हुन् ।

उनी सदरमुकाम गमगढी बजारको फोहोर व्यवस्थापनदेखि पहिरोले अवरुद्ध सडक सुचारु गर्न तथा हरेक दिन नागरिकका समस्यालाई समाधान गर्न रातदिन नभनी आफै काममा खटिन्छन् । गमगढी बजारको फोहोर उठाउनदेखि पाईप बोक्ने काम आफै गर्दै भाम आएका छन् ।

सदरमुकाम गमगढी बजारमा हरेक महिनाको चार दिन आफै फोहोर उठाउने र बाँकी दिन नगरपालिकाका सरसफाई सहजकर्ता र नगरपालिकाको फोहोर बोक्ने गाडीका माध्यमबाट फोहोर व्यवस्थापन गर्ने गरिएको उनले बताए ।

यतिबेला अविरल वर्षाले गमगढी बालै पिनाअन्तर्गत पर्ने छायाँनाथ रारा नगरपालिका– २ चैन भिरमा पहिरो आएर सडक अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन नगरप्रमुख भाम आफै काममा खटिएका छन् । अवरुद्ध सडकमा नागरिको सहजका लागि नगरप्रमुखको अगुवाईमा वैकल्पी बाटो निमार्ण गरेको भए पनि त्यो पूर्ण भएको छैन ।

सडक अवरुद्ध हुदाँ सदरमुकमा गमगढी आउनेजाने नागरिकलाई सास्ती भएको छ । यो सडक खुलाउन र नागरिकलाई आवतजावतमा सहजका लागि नगरप्रमुख भामसहित नगर प्रहरी यतिबेला काममा जुटेका छन् । ढुंगा बोक्ने, पाईप बोक्ने कामदेखि अन्य काम नगरप्रमुख भाम आफै गर्दै आएका छन् ।

नगरप्रमखु जस्तो मान्छेले किन यस्तो काम गर्नु हुन्छ अरुलाई काम लगाउनु पर्ने हैन र ? भन्ने सौर्य दैनिकको प्रश्नमा नगरप्रमुख भामले भने, ‘भने हामि जनसेवक हौँ, जनताको काम गर्न आएका हौँ, जनताले अमुल्य मत दिएकाले हरेक नागरिकको समस्या समाधान गर्नु जनप्रतिनिधिको दायित्व हो ।’

जनप्रतिनिधिको दायित्व भएकाले सहजरुपमा काम गर्ने गरेको र यो काम देखावटी नभई निरन्तर पाँच वर्षसम्म नारिकको समस्या समधानका लागि हरेक दिन खट्ने नगरप्रमुख भामको भनाई छ ।नगरप्रमुख भाम कर्णाली प्रदेशका कान्छा मेयरसमेत रहेका छ्न् ।

प्रतिक्रिया