सिर्जनशील लघुवित्तले १५ भदौदेखि आईपीओ बिक्री खुला गर्दै

काठमाडौं । सिर्जनशील लघुवित्तले १५ भदौदेखि आईपीओ बिक्री खुला गर्न लागेको छ । सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेन लागेको कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्दैछ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसमा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म सर्वसाधारणले १९ भदौसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदनको म्याद बढाउन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमाआवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

प्रतिक्रिया