काठमाडौ । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई ‘नबिल जेन अल्फा’ को ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित उत्पादन हो ।
अभिभावकले यस एप मार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने बैंकले बताएको छ । बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्ने र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ ।
यो प्रोडक्ट मार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ । बैंकले रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा खुसी व्यक्त गरेको छ । रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर ८ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन ।
नौ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ पनि जितेकी छिन । नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट भएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताएका छन ।
प्रतिक्रिया