लमजुङमा नेपाली कांग्रेस (विपी) गठन

लमजुङ । लमजुङमा नेपाली कांग्रेस (विपी) को जिल्ला कार्य समिति गठन गरिएको छ । उक्त भेलाले कार्य समितिको सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो । पदाधिकारी पछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिए ।

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपर बहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङ लगायत रहनु भएको सभापति अधिकारीले बताए ।

भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थीति रहेको थियो । नेपाली कांग्रेसले विपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा विपीको विचारलाई नेपाली समाजमा लागू गर्नका लागि छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थीत पराजुलीले बताए । यसैगरी पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया