एभरेष्ट बैंकद्वारा यमुनानन्द नमुना माबिलाई सहयोग

काठमाडौ । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुसिकोट सेरिगाऊँ रुकुमको यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनको लागि ४ लाख ७९ हजार ९ सय १० रुपैया आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रममा बैंकका सिएसआर कमिटिका तर्फबाट सदस्य डा. गणेश राज गुरुगले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष महेन्द्र राज गौतमलाई चेक हस्तान्तरण गरेका हुन । यस बाट विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको उपस्थिति रहेको उल्लेख छ ।

प्रतिक्रिया