रियलमी ९ प्रो र रियलमी सी ३० नेपाली बजारमा

काठमाडौं । रियलमीले नेपाली बजारमा एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो ५ जी, रियलमी सी ३० सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित सर्वसुलभ मूल्यमा उपलब्ध रहेको रियलमि नेपालका कन्ट्री हेड मुनिश गिरीले बताए ।

रियलमी ९ प्रो ५ जी पाँच हजार एमएचको शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली ५ जी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ ।

यसमा ५ जी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापद्रगन ६९५ र १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । ६४ एमपिको ट्रिपल क्यामरा र १६ एमपिको वाइड एङ्गल सेल्फी क्यामरा रहेको छ । यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर रहेको छ ।

अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जीबीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मूल्य ३८ हजार ९९९ रहेको छ ।

रियलमी सी ३० को हाई स्पिड फ्ल्यास स्टोरेजले तीन गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा ८ एमपी र अगाडिको क्यामरा ५ एमपीको छ । शक्तिशाली पाँच एमएचको ब्याट्री रहेको छ ।

यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २/३२ र ४/६४ जीबीको स्टोरेज रहेको छ । २/३२ जीबी स्टोरेजको मूल्य १४ हजार ४९९ रुपैया छ भने ४/६४ जीबी स्टोरेजको १९ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया