लमजुङमा जीप दुर्घटना, १० जना घाईते

लमजुङ । लमजुङको मस्याङ्दी गाउँपालिका(२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् ।

बेसीशहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो ।

दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेको स्थानीय राम गुरूङले बताए ।

घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहे पनि नामथर खुल्न सकेको छैन ।

प्रतिक्रिया