सिद्धार्थ बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सम्झौता

काठमाडौं सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुविधा प्रदान गर्ने उद्देश्यले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गर्ने सम्झौता गरेको छ ।

बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम को सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन ।

यसका अतिरिक्त, ग्राहकवर्गले मोकोको एप मार्फत विभिन्न क्युआर स्क्यान गरी वस्तु तथा सेवा खरिद बापतको बिल भुक्तानी सजिलै गर्न सक्ने उल्लेख छ । ग्राहकले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सकिने उल्लेख छ । यसले ग्राहकको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया