शौर्य सिमेन्टको ‘एक पिल्लर मलाई’ योजना

काठमाडौं । शौर्य सिमेन्टले मेची, कोसी, जनकपुर, सर्लाही र महोत्तरी जिल्लामा ‘एक पिल्लर मलाई’ अभियान ल्याएको छ । पोखरा, चितवन, सिराहा, उदयपुर र सप्तरीको अपार सफलतापछि ग्राहकको सन्तुष्टि, बृहत् सहभागिता र ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै सो अभियान विस्तार गराएको हो ।

योजनाअन्तर्गत कुनै पनि नयाँ आवासीय भवन निर्माण गर्दा शौर्य सिमेन्टका प्राविधिक प्रतिनिधिद्वारा ग्राहकको निर्माणस्थलमा गई शौर्य सिमेन्टको प्रयोग गरी निःशुल्क एक पिल्लरको कासटिङ गरिने बताइएको छ । पिल्लर कासटिङ गरेको एक सातापछि प्राविधिकले निःशुल्क भारवहन क्षमता परीक्षण गरी भारवहन क्षमता परीक्षणको प्रमाणपत्र हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया