पत्रकार भण्डारीको बालगीत ‘मिठी पापा’ बजारमा

काठमाडौं । पत्रकार जीवन भण्डारीले लेखेको बालगीत ‘मिठी पापा’ को भिडियो बजारमा आएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको छ उक्त गीत व्यस्त बाबु आमाले बालबालिकालाई समय दिन नपाएको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत रहेको पत्रकार भण्डारीले बताए ।

बालगायिका आरसिया साहको आवाज रहेको गीतमा संगीतकार विशाल निरौलाको संगीत तथा एरेन्ज छ । उक्त गीतमा बालबालिकाको चाहना र बाबु आमाको आग्रहलाई समेटिएको छ । बाल्यकालदेखि नै बाल साहित्य सृजना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौँ बालसृजना छन् ।

पत्रकार भण्डारी अहिले राष्ट्रिय समाचार समिति (रासस) मा उपसम्पादक र नेपाली रेडियो नेटवर्कमा समाचार निर्देशकका रुपमा कार्यरत छन् । चलचित्र र गीत दुवैको भिडियोमा चर्चित कलाकारहरु आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पोखरेल लगायतको अभिनय रहेको छ ।

गीत राम्रो इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । दर्जनौँ छोटा चलचित्र बनाइसकेका चलचित्रकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केही दिनमा सार्वजनिक गरिने पत्रकार भण्डारीले बताए ।

प्रतिक्रिया