वामदेव पनि माओवादीकै चिह्नबाट चुनाव लड्ने

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिन लागेका हुन् । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न मात्र लिएर निर्वाचनमा भाग लिन लागेको उनले बताए ।

यसअघि नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई पनि माओवादीको चिह्न लिएर निर्वाचनमा भाग लिने सहमति भइसकेको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि बामदेव गौतम र बाबुराम भट्टराईलाई माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लड्न दिने निर्णय पार्टीले गरिसकेको बताए ।

प्रतिक्रिया