वृज सिमेन्टको पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउन अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी , स्वास्थ्य शिविर , फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई १ सय ५० जना बिभिन्न स्वयंमसेवकद्घारा ८ स्थानमा सेवा प्रदान गरिएको थियो ।

यसका साथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा , दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २ हजार धर्मावलम्बीले स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।

प्रतिक्रिया